भूकम्प प्रभावित क्षेत्र रुकुमपश्चिममा नेकपा (माओवादी केन्द्र) ले तीन हजार १६८ वटा अस्थायी आवास निर्माण गरेको छ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले जिल्लाका छ वटा स्थानीय तहमा अस्थायी आवास निर्माण गरेको जानकारी दिनुभयो।पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य समेत रहनुभएका शर्माले मंगलबार मुसीकोटमा पत्रकार सम्मेलन आयोजना गरेर उक्त कुराको जानकारी गराउनुभएको हो। शर्माको नेतृत्वमा माओवादी केन्द्र रुकुमपश्चिमले गत मङ्सिर १२ गतेबाट औपचारिक रूपमा तीन हजार स्वयंसेवक परिचालन गरेको थियो। त्यसयता भूकम्पपीडित परिवारको लागि तीन हजार एक सय ६८ वटा अस्थायी आवास निर्माण गरेको शर्माले बताउनुभयो।उहाँका अनुसार जिल्लामा सबैभन्दा बढी प्रभावित क्षेत्र आठबीसकोट नगरपालिकामा एक हजार ३०५, सानीभेरी गाउँपालिकामा ८५४, चौरजहारी नगरपालिकामा ६०७, मुसीकोट नगरपालिकामा २४, त्रिवेणी गाउँपालिकामा ३०७ र बाँफिकोट गाउँपालिकामा ७१ वटा अस्थायी आवास निर्माण गरिएको छ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।