लागुऔषध ब्राउन सुगर सहित झापाबाट ३ जना पक्राउझापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बेलडागीबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका-३ बेलडागीका २४ बर्षीय भिम बहादुर राई र २१ बर्षीय बिकाश घलेलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट २ ग्राम ब्राउन सुगर, नगद १४ हजार सहित नियन्त्रणमा लिएको हो । यसै गरी ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका-३ स्थितमा मे. ९ प ५०९२ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक मेचिनगर-१३ की ३८ बर्षीया पवित्र राजवंशीको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको हो । लागु औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।