Friday, December 5, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

आज असोज ३ गते संविधान दिवस, कहीँ उत्सव–कहीँ ब्ल्याक डे

२०७२ सालमा जनताको बलिदानबाट जारी भएको संविधानको स्मरणमा यो दिवस मनाइँदै आइएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० अशोज ३ गते ०८:११ बजे प्रकाशित
in FEATURE, समाचार
0
आज असोज ३ गते संविधान दिवस, कहीँ उत्सव–कहीँ ब्ल्याक डे
45
SHARES
Share on FacebookShare on Twitter

आज असोज ३ संविधान दिवस । २०७२ सालमा जनताको बलिदानबाट जारी भएको संविधानको स्मरणमा यो दिवस मनाइँदै आइएको छ । संविधान जारी भएपनि यसभित्र रहेका प्रावधानबारे मतभिन्नता अझै कायम रहेको छ । संविधान कार्यान्वयनमा जटिलता पनि उत्तिकै छ । पछिल्लो समय संघीयतामा मुलुक गएपनि विभिन्न कानुन निर्माण, तीन तहका सरकारको समन्वयलगायतका विषयहरू अझै अस्पष्ट छन् । यो संविधानलाई मधेसमा ‘ब्ल्याक आउट’ र पहाडमा उत्सवको रूपमा लिइँदै आइएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले संविधान जारी भएको दिन ३ असोजमा तराई मधेसका जिल्लामा ‘ब्ल्याक आउट’ गर्दै आएको छ ।

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले  नेपाली जनताले पटक–पटक गरेको आन्दोलनको प्रतिफल संविधान रहेको बताउँदै उहाँले यसले जनताका सबै हक अधिकार सुरक्षित गरेको बताउनुभयो । नेपालमा पटक–पटक संविधान परिवर्तन हुने गरेको छ । सबैका व्यक्तिगत चाहना अनुरूप संविधान चलाउन यसको सही कार्यान्वयन हुन सकेको छैन । मुलुक चलाउने दस्ताबेजलाई सबैले पालना गरी हरेक नागरिकको अधिकारलाई मसिनो ढंगले संविधानले व्याख्या गर्न सक्नुपर्दछ । अतः संविधानलाई आवश्यकता अनुसार परिमार्जन गर्दै बृहत्तर हितको पक्षमा लैजानु आवश्यक छ ।

संविधानका सबल पक्ष हुँदा–हुँदै केही कमजोर पक्ष पनि रहेको बताउँदै माओवादी नेता देव गुरुङले संघीयता कार्यान्वयन, समानुपातिक प्रतिनिधित्वलगायतका विषयले पूर्णता नपाएको बताउनुभयो । एमाले नेता प्रदीप ज्ञवालीले संविधानको कार्यान्वयन सही रुपमा अघि बढेको भएपनि पछिल्लो समय केही राजनीतिक दलहरूका कारण समस्या आइरहेको बताउनुभयो । महत्त्वपूर्ण कानुन निर्माण गरिएको स्मरण गर्दै ज्ञवालीले संघीयताको जग स्थापित भएको बताउनुभयो । गाउँ–गाउँमा सिंहदरबार पुगेको बताउँदै ज्ञवालीले जनताले दैलोबाटै सेवा पाएको बताउनुभयो ।

ADVERTISEMENT
Previous Post

ब्राउन सगुर सहित मोरङबाट २ जना पक्राउ

Next Post

शिक्षकहरूको आन्दोलनले सामुदयिक बिधालयको पढाई प्रभावित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

चलचित्र ‘ऊनको स्वीटर’को सिक्किमको राजधानी गान्तोकमा भव्य प्रिमियर सम्पन्न

by हंगामा खबर
२०८२ मंसिर ५ गते १४:२४ बजे प्रकाशित
0

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

‘मन बिनाको धन’ को दुईहप्ते ग्रस कलेक्सन तीन करोड माथि, दलित आयोगद्धारा धन्यवाद ज्ञापन

by हंगामा खबर
२०८२ मंसिर ४ गते १३:४७ बजे प्रकाशित
0

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

निर्माता संघले नयाँ कार्यसमिती पायो, समितीमा महिला सदस्य भने शुन्य

by हंगामा खबर
२०८२ मंसिर २ गते १६:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist