मोरङको बिराटनगर महानगरपालिका वडा नं.१७ मटेरुवाबाट लागुऔषध ब्राउन सगुर सहित २ जनालाई प्रकाउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरीको ईटहरी उपमहानगरपालिका २० बस्ने ३७ बर्षीय अमृत पुरी र धरान उपमहानगरपालिका १ का ३० बर्षीय सुसान्त रिजाल रहेका छन् ।हिजो दिउसो १२ बजे भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १-०२-०५२ प २७१७ नम्बरको मोटरसाईकललाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागुऔषध ब्राउन सुगर १० ग्राम ३० मिलिग्राम फेला पारी उनिहरुलाई पक्राउ गरिएको थियो ।पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।