धरानको मुटु भानुचोकमा निर्माण भएको घण्टाघर तत्कालिन मेयर मनोज मेन्याङ्बोको पालामा निर्माण भएको हो । धरानको चिनारी घण्टाघरको परिकल्पनाकार धरानका पुर्व मेयर मनोज मेन्याङ्बो चुनावी मैदानमा हुनुहुन्छ । नेकपा एमालेबाट विद्रोह गरेर उनले सुनसरी क्षेत्र नम्बर १ बाट संघीय सदस्यको लागि स्वतन्त्र उम्मेद्धवारको रुपमा चुनावी मैदानमा उत्रिनु भएको हो । घण्टाघर निर्माणकर्ता मेन्याङ्बोले परिकल्पना गरेर निर्माण सम्पन्न गरेको घण्टाघरको चुनाव चिन्ह भने पाउन सक्नुभएन । उहाले खरायो चुनाव चिन्ह प्राप्त गर्नु भयो । तर घण्टाघरको चुनाव चिन्च भने अर्का स्वतन्त्र ऊम्मेद्धवार कुमार कार्कीले पाउनु भएकोछ ।