चितवनको नारायणगढबाट वीरगञ्ज पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ् भने १५ जना घाइते भएकाछन । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेकोछ । मृतकमध्ये नौजना पुरुष र पाँचजना महिला छन् । बस मोडमा अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खोलामा खसेर पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।