धरानमा तीन दिने प्रथम वार्षिक विश्व शान्ती पुजा आइतबार देखि सुरु हुने भएको छ।पुर्वाञ्चल ञिङमा मोलाम छोग्पाको आयोजनामा तीन दिनसम्म गरिने शनिबार आयोजित पत्रकार एस् सम्मेलनमा जानकारी गराइएकोछ । शान्ती पुजा धरान ८ स्थित बौद्ध दाह संस्कार स्थल (बोद्धचार धाम) मा हुने शान्ती पुजाका संयोजक खेनरिन्पोछे तेन्जिङ वाइवाले जानकारी दिए । उनका अनुसार पुजा कार्तिक २७ गते देखि २९ गतेसम्म हुने छ ।
पुजामा १ नं. प्रदेशभरका खेन्पो, लोपन, लामा, मणि, छोग्पा साथै हजारौँ बौद्ध उपासक उपासिकाहरुको उपस्थिति रहेनेछ । छोग्पाका महासचिव राजेन्द्र कुमार लामाका अनुसार काठमाण्डौँबाट र भारतबाट पनि लामाहरु आउनेछन् । लामाले शान्ती पुजाले धरानको धार्मिक पर्यटनले पनि टेवा पुर्याउने विश्वाश व्यक्त गरे । आगामी वर्षहरुमा धार्मिक पर्यटनलाई बिकास गर्दै प्रवद्र्धन गर्नका लागि पुजाको समयावधि बढाउँदै जाने पनि महासचिव लामाले बताए । पुजाबाट सम्पुर्ण प्राणी जगतको संसारिक भलो हुनुको साथै सम्पूर्ण प्राणी जगतमा हुने सम्पूर्ण आस्था र विस्वास पूरा हुने जन बिश्वास रहेकोछ ।