गत माघ २६ गतेबाट सुरु भएको बिजनेश एक्स्पो धरानमा संचालन भैरहेको जुत्ता चप्पल मेलामा नेपालका ५ टप जुत्ता चप्पल ब्राण्ड हिमाल सुज, फर्स्ट वाक सुज, विएफ डियरहिल सुज, स्मार्ट सुज, सु ल्याण्ड ब्राण्डका जुत्ता चप्पलहरू विक्रीमा राखिएका छन् । एक्स्पोको समापन आज भएपनी जुत्ता चप्पल मेलाका सह – आयोजक जुत्ता चप्पल उधोगी समुहले जनाएको छ ।
एक्स्पो सकिन अघिल्लो दिन शुक्रबार एक्स्पो परिसरमा पत्रकार सम्मेलन आयोजना गरी जुत्ता चप्पल मेला अगामी फागुन २५ गतेसम्म चल्ने मेला आयोजक समितिका सदस्य एवम् फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन नेपालका अध्यक्ष रुद्र न्यौपानेले जानकारी दिए ।नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न र स्वदेशी उत्पादनहरूको उपभोग गर्न जागरूक गराउने उद्देश्यले मेला आयोजना गरिएको न्यौपानेले जानकारी दिए ।
उनले ग्राहकहरूलाई कम्पनीको उत्पादन लागत मूल्यमै जुत्ता चप्पल उपलब्ध गराउन मेला आयोजना गरिएको बताए ।विशेष गरी नयाँ शैक्षिक सत्रमा विद्यार्थीहरूका लागी प्रयोग हुने जुत्ताहरू अत्यन्तै सस्तो मूल्यमा उपलब्ध गराएको बताए । मेलामा ५ नेपाली ब्राण्डका १००० भन्दा धेरै मोडल जुत्ता चप्पल उपलब्ध रहेको ला आयोजक समितिका संयोजक जीवन कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मेलामा राखिएका जुत्ता चप्पल हरु बजार मूल्य भन्दा आधा सस्तो मूल्यमा उपलब्ध गराइएको छ ।