नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघरसंस्था र व्यवसायीहरुको छाता संगठन कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को ईलाम जिल्ला शाखाको १७ औं साधारणसभा तथा छैठौं जिल्ला अधिवेशनबाट कुमार निरौला पुन अध्यक्षमा दोहोरिएका छन । छैठौं जिल्ला अधिवेशनबाट अध्यक्ष र कोष अध्यक्ष पुन दोहोरिएका हुन । कोषाध्यक्षमा युवराज थामी दोहोरिएका हुन । निरौलाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यमसिति सर्वसम्मत चयन गरिएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा किशोर भण्डारी , सचिवमा मंगेश खत्री, सहसचिवमा अतित योङहाङ, कोषाध्यक्षमा, युवराज थामी ,सदस्यहरुमा अनु राई, शुसिल कार्की, गीता निरौला र प्रकाश निरौला चयना भएका छन् ।
क्यान इलामका अध्यक्ष कुमार निरौलाको अध्यक्षतामा सम्पन्न अधिबेशनमा क्यानका केन्द्रीय सचिव भूपेन्द्र मैनालीको प्रमुख अतिथी थिए । कार्यक्रमका प्रमुख अतिथी प्रमुख मैनालीले नव गठित क्यान ईलामको टिम लाई बधाई दिदै क्यानको सन्दर्भमा चर्चा गरे । यसैगरी क्यान इलामका संस्थापक अध्यक्ष भक्त थामीले क्यान इलामको विगत र वर्तमान अवस्थाबरी चर्चा तथा क्यानले अगामी दिनहरुमा गर्ने कार्ययोजना र कार्यदिशाबारे प्रस्ट पारे । निवर्तमान सहसचिव मंगेश खत्रीले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय सदस्य ठाकुर कुमार श्रेष्ठ, कोशी प्रदेश अध्यक्ष रोशन दहाल र सुनसरी जिल्ला अध्यक्ष सन्देश राई लगायतको उपस्थिती रहेको थियो ।