लायन्स क्लब अफ धरान क्यापेबलका अध्यक्ष साथै ब्रदर्स बेकरीका संचालक नईन्द्र राई (एन सि) राईले आफ्नो दुई सन्तान छोरा जोय चाम्लिङ राई र छोरी जुन चाम्लिङ राईको जन्मदिन को अवसरमा धरान-४ बसन्तटारमा रहेको लर्डस होम नेपाललाई (बाल आश्रम ) १५ हजार बराबरको खाद्यान्न प्रदान गरेका छन । लर्डस होम (बाल आश्रम ) लाई प्रदान गरिएको खाद्यान्नमा दैनिक उपभोग्य बस्तु चामल, दाल, आटा, चाउचाउ, तेल लगायतको सामग्रीहरु प्रदान गरिएको राईले जानकारी दिए । खाद्यान्न प्रदान पस्चात आफ्नो कुरा राख्दै अध्यक्ष राईले , समाजका अनाथ र असहाय बालबालिकाहरूलाई थोरै भएपनी राहत सहयोग होस भने हेतुले, विशेषगरी जोय र जुन को जन्मदिनलाई अर्थपूर्ण बनाउनको लागी पनि घरमा रेस्टुरेन्टमा धुमधाम सँग नमनाएर (बाल आश्रम ) मा आएर जन्मदिन मनाएको बताए । बाहिरी तडक भडक भन्दा पनि आफुले आफ्नो नानीहरुलाई भबिस्यमा गरिब,असहाय र अनाथ मानिसहरुको सहयोग र मदत गर्ने उत्प्रेरणा मिलोस र सामाजिक सेवामा आफुलाई अगाडी बढाउन सकुन भन्ने उद्धेश्यले यस्तो प्रकारको कार्यक्रम आयोजना गरिदिएको राईको दावी छ ।
लायन्स क्लब धरान क्यापेबलकी सचिव सुम्निमा लिम्बुले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा टंककुमारी गुरुङ, एरिया को-अर्डिनेटर; अम्बिका श्रेष्ठ लाइन्स क्लब अफ क्यापेबलको चार्टर प्रेजिडेन्ट तथा सल्लाहकार, किरण देवान, असाइन क्षेत्रीय प्रमुख, एकता श्रेष्ठ, क्षेत्रीय प्रमुख, सृष्टि राई, लाइन्स क्लब अफ क्यालिबरकी अध्यक्ष र सम्राट श्रेष्ठ, लाइन्स क्लब अफ ग्लोरीका सदस्यहरुको उपस्थिती रहेको थियो । क्लबकी रिजन चियर पर्सन एकता श्रेष्ठले आश्रमा रहेको सम्पुर्ण नानीहरु अत्यनतै सफा, सुग्घर र अनुशासित रहेकोमा संचालक समितीलाई धन्यवाद दिइन । बाल आश्रमको सबै भौतिक संरचनाहरुको स्थलगत भ्रमण गर्दै व्यवस्थित र सुसज्जित बाल आश्रम धरानमा एक उदाहरण बन्न सक्ने बताइन । उनले आश्रमका लागी अगामीदिनहरुमा धराने लाइन्स क्लबले गर्ने अन्य सहयोगहरुमा प्राथमिकतामा राख्ने बताइन ।
कार्यक्रमकी अतिथी क्लबकी सल्लाहकार अम्बिका श्रेष्ठले लायन्स क्लब अफ धरान क्यापेबलले विगतका वर्षहरूमा पनि सामाजिक कार्यहरू गर्दै आएको र आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यमा सधैँ संलग्न रहने प्रतिज्ञा गरिन । कार्यक्रममा उपस्थित अतिथिहरूले पनि क्लबको यस प्रयासको प्रसंसा गर्दै आगामी दिनहरूमा यस्ता कार्यहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। लायन्स क्लब अफ धरान क्यापेबलले भविष्यमा अझ धेरै यस्ता समाजसेवाका कार्यक्रमहरू आयोजना गर्ने योजना बनाएको छ। कार्यक्रमको अन्त्यमा जन्मदिन मनाउने नानीहरुलाई आशिर्वाद र सहयोगीहरुलाई धन्यवाद लर्डस होम नेपालका सञ्चालक तथा संस्थापक अध्यक्ष कुशल जङ्ग घलेले दिए । उनले सबैको साथ र सहयोग भएकै कारण बाल आश्रम निरन्तर रुपमा चलिरहेको र अगामी दिनहरुमा सहयोगको अपेक्षा राख्ने बताए ।