पछील्लो समय सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा जङ्गली हात्तीको आक्रमण बढ्दै गएपछि धरानको तिनकुने जङगल, धरान ६ पानबारी आसपास र जङगलमा देखिदै आएको जङगली हातीले गएराती धरान १५ महादेव चौक नजिकै सुसन मार्गमा रहेको नारायण श्रेष्ठको घरमा एक्ले जङगली हात्तीले क्षती पुर्याएकोछ । आइतबार राती करिब ११ बजेर ४० मिनेट तिर हात्ती आएर घरको टोइलेट, बाथरुम, किचन पूर्णरुपमा भात्काउनुका साथै किचनमा रहेको रासिन सबै खाइदिएको र करेसाबारीको सब्जीहरु मा पूर्ण क्षती पुर्याएको नारायण श्रेष्ठको छोरा दिपेन श्रेष्ठले जानकारी दिए । सुशन मार्गमा धेरै घरहरु छन तर हाम्रो घरमा मात्र आक्रमण गरेर लगभग १ लाखको क्षती पुर्याएको श्रेष्ठले बताए । हात्तीको आक्रमणमा मानवइय क्षति भने नभएको श्रेष्ठले जानकारी दिए । रातभर हात्तीको त्रासका कारण गाउले छिमेकी हरु कोही सुत्न नसकेको पनि उनले बताए । आज बिहान ११ बजे तिर १५ नम्बर वडा कार्यालयबाट केही कर्मचारीहरु गएर घटनाको अनुगमन गरेर गरेको श्रेष्ठले बताए ।

इटहरी उपमहानगरपालिका क्षेत्रमा जङ्गली हात्तीको आक्रमण बढ्दै गएपछि ६ फिट अग्लो पर्खाल निर्माण शुरु गरिएको छ ।दिनहुँ आउने जङ्गली हात्तीको आक्रमणबाट स्थानीयवासी त्रसित तथा रातभर जाग्राम बस्न बाध्य भएपछि पर्खाल निर्माण शुरु गरेको इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।जङ्गली हात्तीको समूहले स्थानीयवासीको घर भत्काउनुका साथै बालीनाली तथा अन्नमा समेत क्षति गर्ने गरेको छ । उपमहानगरले स्थानीयवासीलाई तत्काल हात्तीको आक्रमणबाट जोगाउन साइरन जडान, लाइट व्यवस्थापन गरी सबैभन्दा बढी हात्ती प्रभावित इटहरी–२ मा ६ फिट अग्लो पर्खाल बनाउन शुरु गरेको हो । तर धरान उपमहानगरपालिकामा भने यस बिषयमा सचेत रहन निर्देशन बाहेक कुनै पहल कदमी गरिएको छैन । अहिले जङगल छेउ छाउका स्थानीयहरु जगराम बसेर रात कटाइरहेकाछन ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।