धरान उपमहानगरपालिकाका मेयर हर्क राज राई (हर्क साम्पाङ) ले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीको कार्यकक्षमा ताला लगाइदिएकाछन । आफ्नो साम्पाङ हतारिदो परामा आफ्नो कार्यक्षबाट मोटर साइकलमा प्रतिष्ठान पुगेर ताला लगाइदिएर थपक्क फर्केका थिए । उनले ताला लहाउदै यो ताला कसैले नखोल्नु म आँफै खोल्छु भन्दै ताला लगाएकथिए । ताला लगाएपछी उनी मिडिया सँगपनी कुनै प्रतिकृयानै नजनाइ आफ्नो कार्यालय नगरपालिका फर्केका थिए । पछील्लो केहीदिन यता वीपी प्रतिष्ठानमा बढ्दै गएको समस्या र शिक्षक कर्मचारी चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै मेयर साम्पाङले बारम्बार आफ्नो सामाजिक संजालमा बाहिर निस्कन आग्रह गर्दै आएका थिए ।







सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।