धरान उपमहानगरपालिकाका प्रमुख मेयर हर्क राज राई ( हर्क साम्पाङ) बोलेको बचन पुरा गरेकाछन । उनले बुधवार राती सामाजिक संजाल फेसबुक मार्फत आफ्नो कार्यकक्षमा नेपालका राष्ट्रपती र प्रधानमन्त्रीको तस्बिर हटाएर यलम्बरको तस्विर राख्ने घोषणा गरेका थिए । सोही अनुरप उनले बिहीवार राष्ट्रपती रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको रस्विर हटाएर किराती राजा यलम्बरको तस्विर कार्यलयको मुख्य प्रबेशद्वारा को दाहिने भित्ता र आफ्नो कार्यकक्षमा राखेका छन । उनले भनेका छन्, ‘जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ।’बुधबारनै उनको अर्को पोस्टमा ‘धरान नेपालभित्रै पर्ने भन्दै प्रधानमन्त्रीलाई कटाक्ष गर्न भ्याएका थिए । स्वतन्त्रबाट निर्वाचित भएका साम्पाङले घरान उपमहानगरपालिकालाई केन्द्र सरकारले महत्व नदिएको आरोप लाउदै आएका छन् ।







सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।