Saturday, July 19, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

मेयर साम्पाङले फोटो हटाएको प्रती उप मेयरद्वारा क्षमायाचना

हंगामा खबर by हंगामा खबर
२०८० पुस १३ गते १६:३० बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
मेयर साम्पाङले फोटो हटाएको प्रती उप मेयरद्वारा क्षमायाचना
1.3k
SHARES
Share on FacebookShare on Twitter

धरान उपमहानगरपालिकाका प्रमुख मेयर हर्क राज राई ( हर्क साम्पाङ) ले बुधवार राती सामाजिक संजाल फेसबुक मार्फत आफ्नो कार्यकक्षमा नेपालका राष्ट्रपती र प्रधानमन्त्रीको तस्बिर हटाएर यलम्बरको तस्विर राख्ने घोषणा गरेका थिए । सोही अनुरप उनले बिहीवार राष्ट्रपती रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्विर हटाएर किराती राजा यलम्बरको तस्विर कार्यलयको मुख्य प्रबेशद्वारा को दाहिने भित्ता र आफ्नो कार्यकक्षमा राखेका छन । बिहीवार राष्ट्रको सम्मानित व्यक्तीहरुको फोटो हटाएपछी उप प्रमुख अईन्द्र बिक्रम बेघाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै फोटो हटाएकोमा दु:ख व्यक्त्त गर्दै सम्माननीय माथि पर्न गएको असर प्रति दुःख व्यक्त गर्दै क्षमा समेत मागेकाछन । उनले नेपालको संविधान-२०७२ को मर्म र भावना अनुसार संविधानले प्रदान गरेको सिमा र घेरा भित्र रहि तिनै तहको सरकारको भूमिकालाई प्रभावकारी बनाउन, एक अर्काको परिपूरक बनाउन तहगत सम्बन्ध र जिम्मेबारी सम्मानीत र मर्यादित बनाउन हामी सबैको दायित्व र जिम्मेवारी भएको विज्ञप्तीमार्फत उल्लेख गरेकाछन । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा गर्ने साथै यस व्यवस्थाको सबै मूल्य र मान्यतालाई विधि सम्मत ढंगले आत्मसाथ गर्दै कार्यान्वयन गर्ने दायित्व र जिम्मेबारी जनप्रतिनिधीको भएको उल्लेख गरेकाछन ।
बेघाले जारी गरेको विज्ञप्तीको पूर्णसार यस्तो रहेकोछ ।

आदरणीय धरानबासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक नमस्कार !
धरान उपमहानगरपालिकाका नगर प्रमुख ज्यूले आफ्नो कार्यकक्षबाट राष्ट्र प्रमुख सम्माननीय राष्ट्रपति र प्रधानमन्त्री ज्यूको फोटोहरु हटाएको बिषयले दुःखी बनाएको छ, जसबाट सम्माननीय माथि पर्न गएको असर प्रति दुःख व्यक्त गर्दै क्षमा समेत माग्दछु । नेपालको संविधान-२०७२ को मर्म र भावना अनुसार संविधानले प्रदान गरेको सिमा र घेरा भित्रि रहि तिनै तहको सरकारको भूमिकालाई प्रभावकारी बनाउन, एक अर्काको परिपूरक बनाउन तहगत सम्बन्ध र जिम्मेबारी सम्मानित र मर्यादित बनाउन हामी सबैको दायित्व र जिम्मेवारी हो। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा गर्ने साथै यस व्यवस्थाको सबै मूल्य र मान्यतालाई विधि सम्मत ढंगले आत्मसाथ गर्दै कार्यान्वयन गर्ने दायित्व र जिम्मेबारी हाम्रो हो ।यहि व्यवस्था अन्तर्गत एक तहको नेतृत्वले सामाजिक सञ्जाल मार्फत संविधान र संघिय लोकतान्त्रिक व्यवस्था प्रति अनादर हुने किसिमका अभिव्यक्ति दिनु प्रचलित कानुनको बर्खिलाप गर्नु हो, व्यवस्थाको विरोध गर्नु हो।त्यसकारण संविधानको पालना कर्ता र कार्यान्वयन कर्ता सबै भन्दा जिम्मेवार हुनु पर्दछ।
अन्त्यमा, नगर प्रमुख ज्यूले जिम्मेवार भई सबै तह र तप्कालाई समेटेर अघि बढ्न आग्रह गर्दछु। व्यक्तिगत र एकल ढंगले होइन सामुहिक तरिका र आधिकारिकताले मात्रै जिम्मेवारीको ‌ओज र गरिमा कायम राखेर परिणाम निकाल्ने कुरा समेत अनुरोध गर्दछु ।

Previous Post

बोलिका पक्का मेयर साम्पाङ, राखे यलम्बरको फोटो

Next Post

‘रक्तबीज’को निर्माण घोषणा, छायांकन पूर्वमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

स्वास्थ विमा कार्यक्रम  सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ विमा कार्यक्रम सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

by हंगामा खबर
२०८२ असार ३१ गते ११:५४ बजे प्रकाशित
0

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

by हंगामा खबर
२०८२ असार ३१ गते ११:०४ बजे प्रकाशित
0

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

by हंगामा खबर
२०८२ असार ३० गते १०:३८ बजे प्रकाशित
0

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

by हंगामा खबर
२०८२ असार ३० गते ०९:३० बजे प्रकाशित
0

टिजर र दुई गीत हिट  भएपछि  चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

टिजर र दुई गीत हिट भएपछि चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

by हंगामा खबर
२०८२ असार २९ गते १५:२१ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist