यस बर्षको चाडपर्व नजिकिए संगै सरकारले सुपथ मुल्य पसल खोल्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरेका सुपथ पसलमा उपभोक्ताले बढी खोज्ने सामान पाइँदैनन् । खाद्यको पसलमा चामल, मासको दाल, सिमीको दाल छ तर मुसुरोको दाल दाल छैन ।यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनले सञ्चालन गरेका सुपथ मूल्य पसलमा नुनका पोका मात्रै छ । सर्वाधिक खपत हुने चिनी नै छैन । चिनी गत वर्ष पनि वितरण गरिएको थिएन । आइतबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मूल्यवृद्धिका मारमा परेका उपभोक्तालाई राहत पनि हुने भएकाले सुपथ मूल्य पसल खोल्ने निर्णय भइसकेको बताए ।
असोज १ गतेदेखि नै पसल सञ्चालनमा ल्याउने निर्णय भए पनि आयातसम्बन्धी अन्य विषयका कारण केही ढिलाइ हुने देखिएको सचिव मरासिनीले बताए ।कम्पनीले अरुवा मोटो चामलप्रति प्याक एक हजार २५ रुपियाँ, अरुवा सोना मन्सुली प्रतिप्याक एक हजार ३४१ रुपियाँ र स्टिम जिरा मसिनो चामल प्रतिप्याक एक हजार ४७५ रुपियाँमा बिक्री गर्दै आएको छ । त्यस्तै रहरको दाल प्रतिकिलो १७३ रुपियाँ र मासको दाल प्रतिकिलो १५९ रुपियाँमा बिक्री गर्दै आएको छ । कम्पनीले जुम्ली सिमी र मसुरोको स्टक सकिएका कारण बिक्रीका लागि नराखिएको जनाएको छ ।