Wednesday, July 16, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘जनतासँग माओवादी’ अभियानमा धरानमा विविध कार्यक्रम गरियो

हंगामा खबर by हंगामा खबर
२०८० भदौ १६ गते १८:५६ बजे प्रकाशित
in FEATURE, राजनीति, स्थानीय समाचार
0
‘जनतासँग माओवादी’ अभियानमा धरानमा विविध कार्यक्रम गरियो
69
SHARES
Share on FacebookShare on Twitter

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी’ विशेष अभियान आजबाट सुरु भएको छ । ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ मुख्य नारासहित शनिबारबाट सुरु हुने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को पहिलो दिन सुनसरीको धरानका २० ओटै वडामा एकसाथ अभियान सुरुभएको छ । अभियानमा केन्द्रीय सदस्य तथा जिल्लाका नेता कार्यकर्ताहरू वडामा भएका कार्यक्रममा सहभागी भएकाछन । अभियान अन्तर्गत धरान  उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अजम्बर काम्वाङ , प्रदेश कमीटी सदस्यहरु मदन चुडाल, राजेन्द्र किराती र पुष्प ढुङ्गानाको उपस्थितीमा कार्यक्रम शुभरम्भ भएको नेकपा माओवादी केन्द्र धरान नगर समिती कार्यवाहक सचिव खेम रणपहेलीले जानकारी दिए । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को पहिलो उदघाटन कार्यक्रम अन्तर्गत धरानमा बिभिन्न कार्यक्रम सम्पन्न भएको छ । धरानका २० ओटै वडामा बिभिन्न कार्यक्रम गरी अभियान उद्घाटन गरिएको थियो ।माओवादी केन्द्रले बिभिन्न वडामा समिती बनाएर स्थानिय र जिल्ला नेताहरुको उपस्थितीमा कार्यक्रम गरेको रणपहेलीले जानकारी दिए ।

अभियानको पहिलो शुभरम्भको अवसरमा २० ओटै वडामा बिभिन्न कार्यक्रम आयोजना गरेको छ। जस अन्तर्गत वडा नं. ७ मा ‘भुवनराज मोक्तान स्मृति पार्क’ को सरसफाइ,वडा नं. ६ मा डेंगीपीडित बिरामीहरूलाई औषधी वितरण , वडा नं. २ मा घन्टाघरभित्र र बाहिरको परिसरको सरसफाइ, वडा नं. १ मा छाताचौंकदेखि टेलिकमसम्मको सडक सरसफाइ,वडा नं. १६ का दशवटा मुख्यमुख्य चौंकहरूको सरसफाइ, वडा नं. १७ मा रत्नचौंकदेखि चारघरेसम्मको सडक सरसफाइ,वडा नं. १९ मा हरियाली पार्क अघिको नाली र सडकको सरसफाइ,वडा नं. १५ मा बगरकोट टोलको सरसफाइ, वडा नं. २० मा विष्णुपाउ जाने सडकमा गएको पहिरो हटाउने र अम्रिसो रोप्ने, वडा नं. ८ को मुख्य मुख्य ठाउँहरूमा डस्टबिन राख्ने,वडा नं. १२ को चतरालाइनको पानीट्यांकी वरपरको सडकको सरसफाइ, वडा नं. ३ मा बसोबासरत अग्रज कम्युनिस्ट नेताहरूलाई सम्मान गर्ने, वडा नं. ४ मा साराङगाडाँडो छेउछाउको सडक मर्मत र सरसफाइ, वडा नं. ५ को माथिल्लो देउरालीमा फलामे फलैंचाको स्थापना,वडा नं. ११ को कुबिर्ताचौंकमा यात्रु प्रतीक्षालयको शिलान्यास,वडा नं. १३ मा ‘भैपरी आउने कोष स्थापनाको घोषणा’,वडा नं. १४ मा चेतनामूलक साइनबोर्डको स्थापना,वडा नं. १० मा सहिद परिवारहरूसँग भेटघाट,वडा नं. १८ मा चेतनामूलक साइनबोर्डको स्थापना र वडा नं. ९ मा खेलकुद सामाग्री वितरण गरेको छ ।

आजबाट तीन महिना सम्म चल्ने अभियानमा पहिलो दिन धरानमा बिभिन्न कार्यक्रम गरेर शुभरम्भ गरिएको हो । आज कतै सरसफाइ त कतै आर्थिक कोष स्थापना गरेको छ । कार्यक्रममा उपस्थित भएका नेताहरुले “अभियानले नेता कार्यकर्तामा उत्साह ल्याएको दावी गरेका छन । आजको कार्यक्रममा अपेक्षा गरिएभन्दा बढी सङ्ख्यामा जनताको सहभागिता रहेको नगर अध्यक्ष मनोज भट्टराईले जानकारी दिए । अभियानमा हामी जनताको घरमा गएर जनताको समस्या र माओवादी र सरकारप्रतिको बुझाइका बारेमा छलफल र अभियान गर्नेछौँ ।” भट्टराईले बताए । शान्ति प्रक्रियापछि पार्टी पटक पटक सरकारमा गए पनि जनताले चाहेजस्तो परिवर्तनको अनुभूति गर्न नपाएको उल्लेख नेताहरुले अहिलेको सरकार गठन भएपछि जनताको पक्षमा काम हुन थालेकाले त्यसलाई जनताको बीचमा लैजान र जनताको गुनासो सरकारसमक्ष पुर्‍याउन यो अभियान सुरु गरिएको दावी गरेका छन ।

Previous Post

आज रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइदै

Next Post

‘ऐंचो पैंचो’ टिम सिनेमा हलतिर डुल्दै, दर्शक खुशीले दंग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

स्वास्थ विमा कार्यक्रम  सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ विमा कार्यक्रम सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

by हंगामा खबर
२०८२ असार ३१ गते ११:५४ बजे प्रकाशित
0

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

by हंगामा खबर
२०८२ असार ३१ गते ११:०४ बजे प्रकाशित
0

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

by हंगामा खबर
२०८२ असार ३० गते १०:३८ बजे प्रकाशित
0

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

by हंगामा खबर
२०८२ असार ३० गते ०९:३० बजे प्रकाशित
0

टिजर र दुई गीत हिट  भएपछि  चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

टिजर र दुई गीत हिट भएपछि चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

by हंगामा खबर
२०८२ असार २९ गते १५:२१ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist