संखुवासभामा परेको अविरल बर्षाको कारण बाढी पहिरो आई बेपत्ता भएकाहरुको खोजी कार्यको लागि तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरिएको छ । असार २ गते राती आएको बाढी पहिरोमा परी बेपत्ता भएका २१ जना मानिसहरुको उद्दार तथा खोज तलास कार्यमा खटिएका सुरक्षा कर्मीहरुद्वारा उनिहरुको अवस्था हाल सम्म फेला पार्न नसकेकोले तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली परिचालन गरी खोजी कार्यलाई तिब्रता दिएको हो । जिल्ला प्रशासन कार्यालय संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्की, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको २ वटा तालिम प्राप्त कुकुर सहितको टोलीले बेपत्ता भएका मानिसहरूको तिब्ररुपमा खोजतलास गरिरहेको छ ।चैनपुर नगरपालिका-४ स्थित हेवा खोलामा आएको बाढी पहिरोले १७ जना, चैनपुर नगरपालिका-१ स्थित पिलुवा खोलामा १ जना, पाँचखपन नगरपालिका-९ स्थित अपरहेवा खोलामा १ जना र सभापोखरी गाउँपालिका-३ स्थितमा पहिरोले पुरी २ जना बेपत्ता भएका छन ।







सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।