धराने कालो बङ्गुरको मासुले प्रख्यात धरानमा असार १ गतेबाट बङ्गुरको मासुको भाउ बढ्ने भएको छ। आज सम्म प्रती केजी ३६० मा किनबेच भैरहेको बङ्गुरको मासुको प्रतिकेजी ६० रुपैया बढेर अब ४२० मा किनबेच हुने भएकोछ । धरान मासु व्यवसायी संघका अनुसार सरोकारवाला किसान प्रतिनिधि, मासु व्यवसायी, धरान उपमहानगरपालिका प्रतिनिधि, उपभोक्ता प्रतिनिधिहरुसँगको छलफलबाट वंगुरको मासुको भाउ बढाउने निष्कर्ष निकालेको थियो । सोही निष्कर्ष अनुसार असार १ गते (शुक्रबार) देखि लागु हुने गरि वंगुरको मासुमा प्रतिकिलो ६० रुपैया वृद्धि गरिएको संघका अध्यक्ष मदन तामाङले बताए । अन्य ठाउँमा सुगुरको मासुको भाउ वृद्धिभएपनी धरानमा भने विगत ५ बर्षदेखि वृद्धि भएको थिएन । चारोको भाउ निरन्तर बढीरहदा पनि मासुको भाउ नबढ्दा वंगुर पालन गर्दै आएका किसानहरुलाई मार परेको गुनासो आएपछि मुल्य समायोजन गरिएको अध्यक्ष तामाङले बताए ।