पछील्लो समय नेपालमा टिकटक बनाउनेको संख्या ह्वात्तै बढेकोछ । बालक देखी वृद्ध , साक्षरदेखी निरक्षर सम्म टिकटक चलाऊन वय्स्त देखिन्छन । सुरुसुरुमा टिकटकलाई मनोरन्जनको रुपमा लिएपनी पछील्लो समय आयस्रोतको रुपमा लिनेहारुको भिड बढेकोछ । सुगम क्षेत्रमा वाइफाइ प्रयोग गरेर टिकटक चलाऊन सहज भने दुर्गाम ठाउँ जहा इन्टरनेटको सुविधा छैन त्यहा रिचार्ज गरेर चलाऊनेको संख्या धेरै छ । टिकटक चलाऊन रिचार्ज गर्दा गर्दा आफ्नो भैसीनै बेच्नु परेको सत्य घटना बाहिरिएकोछ ।
एक पछी अर्को भिडियो भाईरल बन्दै गएपछी अछामको मेल्लेख गाउँपालिका–३ ठाँटीकी ५४ वर्षीया रंगादेवी बुढाले टिकटक चलाउन गरेको रिचार्जका कारण भैंसी बेच्नुपरेको छ। टिकटक चलाउन मोबाइलमा रिचार्ज गर्दागर्दै ५० हजार ऋण लागेपछी बुढाले भैंसी बेच्नु परेको थियो। रंगा निरक्षर महिला हुन्। उनले केही दिनको प्रौढ कक्षा मात्र पढेकी छन्। तर, अहिले उनी आफै टिकटक बनाउँछिन र पोस्ट गर्छिन्। अनि लाइभमा पनि बस्छिन्। रंगा बढीजसो टिकटक अछामको स्थानीय भाषामा बनाउँछिन्। उनको अधिकांश टिकटक भाइरल हुने गरेका छन्। अछामी भाषाको प्रचारप्रसार भएको भन्दै धेरैले उनको प्रसंशा गर्न थालेपछि उनलाई अझ टिकटक बनाउने जोश बढेको स्थानियले जनाएकाछन ।