Sunday, January 18, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

बसन्त निर्माणका क्रममा समय ले म बाट धेरै कुरा खोसेको छ – सपुत

चर्चित गायक तथा अभिनेता प्रकाश सपुतकोप ड्रीम प्रोजेक्ट 'बसन्त' निर्माण घोषणा देखिनै चर्चामा छ ।

हंगामा खबर by हंगामा खबर
२०८१ पुस २२ गते २२:४२ बजे प्रकाशित
in FEATURE, हंगामा विशेष
0
बसन्त निर्माणका क्रममा समय ले म बाट धेरै कुरा खोसेको छ – सपुत
65
SHARES
Share on FacebookShare on Twitter

चर्चित गायक तथा अभिनेता प्रकाश सपुतकोप ड्रीम प्रोजेक्ट ‘बसन्त’ निर्माण घोषणा देखिनै चर्चामा छ । सबैले गरिरहेको कामलाई फरक तरिकाले गर्न रुचाउने सपुतले आफ्नै लेखन निर्देशनमा चलचित्र ‘बसन्त’ घोषणा गरेदेखिनै निकै चर्चामा छ । उनले निर्माण घोषणा गर्दा चलचित्रका लागी कलाकारहरुको परिचय र चलचित्रको बारेमा भिडियो मात्र देखाएका थिए । पोस्टर सार्वजनिक भएपछी झनै चर्चामा आएको ‘बसन्त’ दर्शकहरुको प्रतिक्षामा छ ।

पोस्टर रिलिज भएपछी सपुतले जीवनका न्युनतम सिद्दान्तहरु प्रेम, शान्ती, सपना र सत्यलाई चलचित्र ‘बसन्त’ ले बुन्ने बताएका थिए । सपुतले दोस्रो पोस्टर सार्वजनिक गरेका छन । दोस्रो पोस्टरमा सपुतले आफ्नै मात्र एकल पोस्टर सार्वजनिक गरेका छन । पोस्टरमा उनी एक कवि लेखक को रुपमा ध्यानमग्न छन । पोस्टर सपुतले आफ्नो फेसबुकमा शेयर गरेका थिए । पोस्टर शेयर गर्दै उनले अर्को हप्ता ‘बसन्त’ टिजर सार्वजनिक गर्ने संकेत गरेकाछन ।

सपुतले ‘बसन्त’ निर्माणमा आफुले निकै मेहनत गरेको बताएका छन । उनले आफुले दैनिक जीवनमा गर्ने कृयाकलाप देखी सिर्जनाका सबैकामहरु स्थगित गरेर ‘बसन्त’ लाई बेस्ट बनाउन लागी परेको उल्लेख गरेकाछन । उनले ‘बसन्त’ निर्माणका क्रममा समयले आफुबाट धेरै कुरा खोसेको पोस्ट गरेकाछन । उनी लेख्छन – बसन्त निर्माणका क्रममा समय ले म बाट धेरै कुरा खोसेको छ । संगित बाट कमाएका केहि साथीभाई, शुभेच्छुक खोसेको छ ! केहि माया लाग्दा र जरुरी सम्बन्धहरु खोसेको छ । मैले मन्दिर जत्तिकै मान्ने स्टेजहरु खोसेको छ ! भगवान जस्तै मान्ने दर्शकहरु खोसेको छ । जिवनमा रंग भर्ने यात्राहरु खोसेको छ ! र सबै भन्दा महत्वपुर्ण योजना विपरित बिचमा एउटा चलचित्रको प्रदशनमा मैले समय दिन नपाएपछि केहि शुभेच्छुकहरुको नजरबाट मेरो ईमान खोसेको छ । यसबाहेक भोक खोसेको छ ! निद्रा खोसेको छ र म भित्रको एक शान्त मानिस खोसेको छ ! तर एक बारको जुनिमा आफ्नै सपनाको यो हद छोएको मा म दंगदास छु । उसै पनि मलाई विश्वास छ ‘बसन्त’मार्फत नै समय ले खोसिएका सबै फेरी फिर्ता दिनेछ !

मैले “बसन्त” मा म भित्रका सबै रंगहरु पोखेको छु । यदि बसन्त तपाईलाई बबाल लाग्यो भने, म बबाल हु । यदि लागेन भने पनि मेरो प्रतिभाको दायरा यत्ति नै हो । मेरो सिमितता यहि सम्म हो ! मैले यहा भन्दा थप केहि जान्दिन । यसो भनौ, म यो जन्मका लागी जम्मा जम्मि यत्तिनै हु ! बसन्त जत्ति !
अब बाकि कर्महरु यसकै निरन्तरता हुनेछन । लेखन, सिर्जना, गायन, अभिनय, निर्देशन, निर्माण, जिवनमा अगाडि जुन कर्म गरे पनि त्यो बसन्तकै एउटा रंग हुनेछ ! किनकि यो जन्मका लागी म जम्मा जम्मि यत्तिनै हु ! बसन्त जत्ति..

अनि सुन्नुस न , हुनत बल्ल शिशिर रितु शुरु हुदैछ तर हामीलाई बसन्त लागिसक्यो । अर्को हप्ता देखि एक-एक थुंगा लालिगुराँस तपाईलाई सप्रेम उपहार पठाउदैछौ । चैत्र २२ ( April 4)को निम्तो सम्झेर स्विकार्दै जानु होला है 🙏

ADVERTISEMENT
Previous Post

धरान एक्स्पो व्यापार, कृषि, र पर्यटन प्रवर्द्धनको मुख्य केन्द्रबिन्दु – बिजय श्रेष्ठ

Next Post

एक्स्पोले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने अवसर प्रदान गर्छ – उपप्रधानमन्त्री सिंह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन -२ अन्तर्गतको ट्यालेन्ट राउण्ड सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:३३ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

चलचित्र ‘कुमारी’ को नेपालगन्जमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट सम्पन्न

by हंगामा खबर
२०८२ माघ ३ गते १७:१९ बजे प्रकाशित
0

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

‘परिवर्तन’को ट्रेलर सार्वजनिक, अन्जना र शुसीलको एक्सनले ल्याउनेछ परिवर्तन

by हंगामा खबर
२०८२ पुस २९ गते १६:५८ बजे प्रकाशित
0

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

हिन्दी चलचित्र ‘रिमझिम गिरे सावन’ मार्फत बर्षा राउतले बलिवुडमा डेव्यु गर्ने

by हंगामा खबर
२०८२ पुस २८ गते १५:०० बजे प्रकाशित
0

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

नेपाली कम्युनिष्ट पार्टी धरान ५ को एकता भेला सम्पन्न,सुरेन लिम्बु बने संयोजक

by हंगामा खबर
२०८२ पुस २६ गते ०९:१५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist