Thursday, January 1, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र कुमारी को नयाँ गीत डोको बुन्नेमा अभिषेक र आकृतिको नोस्टाल्जिक प्रेम

माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रतीक्षित प्रेम कथानक चलचित्र ुकुमारीुको तेस्रो गीत ुडोको बुन्नेु सार्वजनिक गरिएको छ।

हंगामा खबर by हंगामा खबर
२०८२ पुस १७ गते १०:४० बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र कुमारी को नयाँ गीत डोको बुन्नेमा अभिषेक र आकृतिको नोस्टाल्जिक प्रेम
35
SHARES
Share on FacebookShare on Twitter

माघ २३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रतीक्षित प्रेम कथानक चलचित्र ुकुमारीुको तेस्रो गीत ुडोको बुन्नेु सार्वजनिक गरिएको छ। काठमाडौँको नयाँ बानेश्वरस्थित वन सिनेमाजमा आयोजित एक विशेष पत्रकार भेटघाट कार्यक्रमका बीच यो गीत सार्वजनिक गरिएको हो। यसअघि सार्वजनिक भएका ुकता छौ मेरो फूलु र ुतिमी बिनाु गीतले पाएको सफलतापछि निर्माण टिमले लोक शैलीको यो नयाँ सिर्जना दर्शकमाझ ल्याएको हो।

सार्वजनिक गरिएको ुडोको बुन्नेु गीतमा गायक केहर सिं लिम्बुको स्वर रहेको छ भने यसमा सागर लामिछाने मगर र सुमन तामाङका शब्दहरू समेटिएका छन्। सुमन तामाङ र केहर सिं लिम्बुले नै सङ्गीत भरेको यस गीतलाई रिकेश गुरुङले अडियो प्रोडक्सन तथा मिक्सिङ र मास्टरिङ गरेका हुन्। शिशिर खातीको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू अबिषेक खड्का र आकृति राजभण्डारीलाई पुराना दिनको शैलीमा प्रस्तुत गरिएको छ। गीतले नवयुवाहरुबीच मौलाएको प्रेम भावलाई सुन्दर ढङ्गले बोलेको छ।

कार्यक्रममा बोल्दै निर्देशक दिनेश राउतले आफ्ना सफल प्रेम कथानक चलचित्रहरू ुआई एम सरीु, ुनोभेम्बर रेनु, ुक्लासिकु सम्झना गर्दै ुप्रसादु, ुपुजार सार्कीु र ुप्रकाशु जस्ता सामाजिक विषयका चलचित्रपछि आफू पुनः आफ्नो प्रिय विधा प्रेमकथामा फर्किएको बताए। उनले ुडोको बुन्नेु गीतले चलचित्रको मौलिकता र नेपालीपनलाई प्रतिनिधित्व गर्ने धारणा राखे। यस्तै, लेखक विकास सुवेदीले यो गीतले चलचित्रको भाव व्यक्त गर्ने र दर्शकलाई प्रेमकथामा समाहित गराउने विश्वास व्यक्त गरे।

ADVERTISEMENT

कलाकारहरू अबिषेक खड्का र आकृति राजभण्डारीले यस चलचित्रबाट डेब्यु गर्न पाउँदा खुसी लागेको बताए। राजभण्डारीले चलचित्रको टिम र स्क्रिप्टले तानेपछि आफूले डेब्युको लागि यो चलचित्र रोजेको बताइन्। यस्तै, खड्काले चलचित्रप्रति आफ्नो आकांक्षा सानैदेखि रहेको र सोही अनुरूप यस चलचित्रमा अभिनय गरेको बताए। कार्यकारी निर्माता केदार भुसालले ुभ्यालेन्टाइन डेुको छेको पारेर रिलिज हुन लागेको यस चलचित्रले सबै उमेर समूहका दर्शकलाई बाँध्ने दाबी गरे।

चलचित्रमा नयाँ अनुहारहरू अबिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको पनि अभिनय रहेको छ। बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन्। कार्यकारी निर्माता केदार भुसाल हुन्। कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् भने छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका छन्। सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ। डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गरेको यस चलचित्रको काठमाडौं उपत्यकामा डिसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएटर वितरण गर्दैछन्। पोस्टर तथा पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको छ।

Previous Post

ग्रामीण सिट्कममा नयाँ स्वाद पस्किने वेब सिरिज ‘लट्ठक’का सबै एपिसोड सार्वजनिक

Next Post

प्रतिक्षित इसाई चलचित्र ‘सम्हालिएको जाती’ युट्युवमा रिलिज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

प्रतिक्षित इसाई चलचित्र ‘सम्हालिएको जाती’ युट्युवमा रिलिज

प्रतिक्षित इसाई चलचित्र ‘सम्हालिएको जाती’ युट्युवमा रिलिज

by हंगामा खबर
२०८२ पुस १७ गते १८:२६ बजे प्रकाशित
0

चलचित्र कुमारी को नयाँ गीत डोको बुन्नेमा अभिषेक र आकृतिको नोस्टाल्जिक प्रेम

चलचित्र कुमारी को नयाँ गीत डोको बुन्नेमा अभिषेक र आकृतिको नोस्टाल्जिक प्रेम

by हंगामा खबर
२०८२ पुस १७ गते १०:४० बजे प्रकाशित
0

ग्रामीण सिट्कममा नयाँ स्वाद पस्किने वेब सिरिज ‘लट्ठक’का सबै एपिसोड सार्वजनिक

ग्रामीण सिट्कममा नयाँ स्वाद पस्किने वेब सिरिज ‘लट्ठक’का सबै एपिसोड सार्वजनिक

by हंगामा खबर
२०८२ पुस १५ गते १६:१९ बजे प्रकाशित
0

कर्णाली दयाको होइन, गौरवको विषय हो ः नायक प्रदीप खड्का

कर्णाली दयाको होइन, गौरवको विषय हो ः नायक प्रदीप खड्का

by हंगामा खबर
२०८२ पुस १३ गते १४:५५ बजे प्रकाशित
0

चलचित्र ‘कल्ली’ को टिजर सार्वजनिक, ‘कल्ली’ भित्र लुकेको रहस्मय कथा बोल्ने

चलचित्र ‘कल्ली’ को टिजर सार्वजनिक, ‘कल्ली’ भित्र लुकेको रहस्मय कथा बोल्ने

by हंगामा खबर
२०८२ पुस १२ गते १८:०२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist