सुपरहिट चलचित्र ‘कबड्डी’ र जारी निर्माण गर्ने बासुरी फिल्मसको नयाँ चलचित्रको लागि कलाकारको खोजी
पछिल्लो समयका सुपरहिट चलचित्र ‘कबड्डी’, जारी र यसका सिरिजहरु निर्माण गरेको चलचित्र निर्माण कम्पनी बासुरी फिल्मस्ले अगामी दिनमा निर्माण गर्न लागेको नयाँ चलचित्रका लागि विभिन्न विधाका कलाकारहरुको खोजी गरेको छ । विभिन्न ९ ओटा फरक भुमीकाका लागि सर्पोृेटिङ रोलका लागि अडिसननै आह्वान गरेको छ ।

बासुरी फिल्मसले खोजेको कलकारहरुमा हुनुपर्ने उमेर, स्वभाव, तौल सबै खुलाईएको छ । जस अनुसार, २५– २८ बर्ष उमेरको थोरै मोटो शरिर भएको, साधारण व्यवहार भएको एक थकाली महिला एक जना, रिसाह तर हस्यौली मुहार भएको ४५– ५० बर्ष उमेरको एक जना थकाली पुरुष, ३०–३५ बर्ष उमेरको व्यवसायी एक थकाली पुरुष र ४५–५० बर्ष उमेरका समुहको ८ जना थकाली पुरुषहरुको माग रहेको छ ।

यसैगरी मन्त्रीको भुमीकाको लागि ६५ बर्ष उमेर नाघेको केही मोटो शरिर भएको एक जना पुरुष, मन्त्रीकै पिएको लागि ४० बर्ष नाघेको केही साईको साईको लाग्ने एक पुरुष,यसैगरी केही मजाक र जोक गर्न सक्ने रमाइले स्वभावको एजेन्टको भुमीका एक जना पुरुष, २८ बर्षको होटल रिसेप्सनिष्टको भुमीकाको लागि एक जना महिला, र प्रहरी ईन्सपेक्टको भुमीकाको लागि ३५–४० बर्ष उमेर समुहको एक जना पुरुष कलाकार खोजेको छ । अडिसनमा सहभागीता जनाउन करिब दुई मिनेटको भिडियो बनाएर पाठाउनु पर्ने छ । डिजिटल अडिसन पास भए फिजिकल अडिसनको लागि निर्माण टिमले भेट्ने छ । अडिसनको भिडियो असोज ९ गते अगाडीनै बुझाई सक्नुपर्ने छ । निर्माण गरेको भिडियो मा इमेल गर्न सक्ने छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।