पछिल्लो समय नेपाली चलचित्रका चलचित्रकर्मीहरुको फेसबुके युद्धले व्यापक रुप लिएको छ । चलचित्र निर्माण र निर्देशनमा नाम चलेका व्यानरका मालिकहरु अर्थात निर्माताहरु एकपछि अर्को फेसबुके वाकयुद्धमा व्यस्त छन । कुनैसमय संगै मिलेर चलचित्र निर्माण गर्न बैठक बसेका चर्चित कलाकार तथा निर्माता दिपकराज गिरी र चर्चित निर्माता तथा निर्देशक सन्तोष सेनविच यतिबेला फेसबुके वाकयुद्ध चलेको छ ।दिपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमा “आफ्नो फिल्मको प्रचार गर्नुको साटो अरुको फिल्मलाई गाली गर्न लगाउने काम बन्द गरौ, आफनो हिरो बाघ, अरुको स्याल? याद गरौ बाघ पनि जनावर नै हो”हो भनी पोष्टगरेपछि सेनले उनको पोष्टको जवाफ आज फर्काएका छन । सेनले आफनो सामाजिक सञ्जाल फेसबुकमार्फत दिपकराज गिरीलाई मेन्सन गर्दै,
दिपकराज गिरी तिम्रो सोचमै पाप छ भनेका छन । उनले– कमेन्ट डिलीट गरेपछी पोस्ट गर्न बाध्य भए‘
त्य म्भभउबप च्बव न्ष्चभभ तिम्रो सोचमै पाप छ‘
कसैलाई कमेन्ट गर्न लगाएर लाखौँ दर्शकको भावनासँग खेलबाड गर्ने जुन तुच्छ सोच पालेको छौ, त्यो काम नगर।।।
यी दर्शककै मायाले तिमी आज यहाँसम्म आइपुगेकाछौ त्यसैले उनीहरूको भावनालाई कुल्चने अधिकार कसैलाई छैन।।।
हाम्रो बलिदान को पोस्टमा आउने नकारात्मक कमेन्टहरू के तिम्रो समूहकै काम हो।।रु
तिमीलाई हार स्वीकार्य छैन, त्यसैले हामीले ठूला चुनौतीहरू मोलेर सिर्जना गरेका कामलाई पचाउन नसक्नु तिम्रो कमजोरी हो।।। दर्शकको भावनामा चोट पुर्याउँदै, फेक अकाउन्ट बनाएर घटिया कमेन्ट गर्ने अनी उल्टै हामीलाई आरोप लगाउने सोचले कहिल्यै कसैलाई अगाडि बढाउँदैन।।।
कलाकार र सिर्जनाकर्ताहरू बीच प्रतिस्पर्धा हुनुपर्छ–तर त्यो सिर्जनामा, कामको गुणस्तरमा।।।
कालीमाता र पशुपतिनाथको कसम खाएर भन्छु
मैले आजसम्म कहिल्यै अरूलाई गिराएर आफैंलाई अगाडि बढ्ने पापी सोच पालेको छैन।।।
हामीले ३–४ वर्षदेखि दर्शकका लागि केही अर्थपूर्ण सिर्जना गर्न सकिन्छ कि भनेर लागिपरेका छौँ।।।
कलालाई सम्मान गर, किनभने कलाकार र दर्शक बिना यो यात्रा अधुरो हुन्छ।
यदि वास्तवमै मैले कहिल्यै कसैलाई नकारात्मक कमेन्ट गर्न लगाएको छु भने,
मैले “बलिदान” को सुरुवात नै कालीमाताको चरण छोएर गरेको हु ।। कालीमाता र पशुपतिनाथ समक्ष प्रार्थना गर्दछु
यसै क्षण मेरो जीवन अन्त्य होस्।।। लेखेका छन ।


सेनको चलचित्र बलिदान यहि दशैको फुलपाती अर्थात असोज १३ गतेबाट प्रदर्शनमा आउदै छ । पछिल्लो समय चलचित्रकर्मीहरुको फेसबुके वाकयुद्धले दर्शकहरुलाई रमिते बनाएको छ । दशैकै फुलपाती अर्थात असोज १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र माईतीघर का निर्माता रोहित कार्की पनि पछिल्लो समय निकै आक्रोशित बनेका छन । माइतीघरलाई लिएर उनको पोष्टमा असभ्य कमेन्ट आएपछि आक्रोशित हुदै कार्वाही गरेरै छाड्ने भन्दै लागिपरेका छन । ‘बलिदान’को प्रतीक्षा चरम उत्कर्षमा पुगेको सङ्केत गरेको छ।चलचित्र आसुसेन फिल्म्स प्रा। लि। को ब्यानरमा बनेको हो। निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेको यस फिल्मलाई बडादसैँको फूलपातीको दिन प्रदर्शनमा ल्याउने तयारी गरिएको छ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।