चर्चीत कोरियोग्राफर तथा निर्देशक प्रशान्त तामङको लेखन तथा निर्देशन रहेको चलचित्र ‘सारंग’ को गीत सार्वजनिक भएको छ । बाल्यवस्थाको साथी सँगको मित्रतालाई देखाइएको ‘तिमी नै हौ ‘ बोलको गीतमा सुमन सिङ्गलको शब्द, शंकर थापा स्माइलको संगीत र देवेन्द्र बरालको स्वर रहेको छ । गीतमा वाल्यबस्थाका एक निम्न वर्गीय साथी र अर्को सम्पन्न साथी विचको मित्रतालाई गज्जब ले प्रस्तुत गरिएको छ । चलचित्र ‘सारंग’ को टिजर हेर्दा स्कुले जीवनको बिधार्थी जीवन र अभिभावकलाई मुख्य बिषय बनाएर निर्माण गरिएको अनुमान लगाउन सकिन्छ ।

लेखक तथा निर्देशक प्रशान्त तामाङले यस अघी पनि अहिलेका स्टार प्रदीप खडको निर्माणमा चलचित्र ‘ठुलो मान्छे’ लेखन तथा निर्देशन गरिसकेका छन । ‘ठुलो मान्छे’ ले पनि स्कुले जीवनका बिधार्थीहरुको मनोविज्ञानलाई मुख्य बिषयबस्तु बनाएको थियो ।आउँदो माघ २५ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘सारंग’ ले बाबुआमाको मतभेदले एक बिधार्थी बच्चाको मानसिक अवस्थामा कस्तो असर पर्छ भन्ने प्रभावलाई उठान गरेको छ ।
चलचित्रमा ऋचा शर्मा, उत्पल झा, समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, बिश्व स्याङ्बो, दीपीका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठलगायतका कलाकारले अभिनय रहेकोछ । ‘दर्शन बुद्ध फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्रलाई प्रेम तामाङ र फूलमाया तामाङ ले संयुक्त्त रुपमा निर्माण गरेकाछन भने पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माताका रूपमा छन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।