स्टार प्रदीप खडका अभिनित चलचित्र ‘एक्टर’ को ट्रेलर रिलिज भएको छ । निर्माण घोषणा संगै चर्चा र दर्शकहरुको प्रतिक्षामा रहेको चलचित्रको टिजर र गीतलाई दर्शकहरुले निकै रुचाएका छन । आज रिलिज भएको ट्रेलरमा प्रदीप खडकालाई बिभिन्न अवतारमा प्रस्तुत गरिएको छ । त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको ‘एक्टर’ मा एउटै व्यक्ती प्रदीप दिव्या र आनाको प्रेम मा पर्दा जती कोशीस गर्दा पनि झुट लुकाउनको लागी गर्नु परेको अभिनय अनी अनेक रुपलाई ट्रेलरमा देखाइएको छ । यही चलचित्रबाट चर्चित नायक दिलिप रायमाझीको छोरी दिव्य रायमाझीले डेव्यु गरेकी हुन भने चर्चित नायक राज बल्लभले कम्व्याक गरेका हुन । उनको कम्व्याक गज्जब हुने पक्का छ । चकलेटी हिरो ट्याग पाएका प्रदीप यो गीतमा साचै चकलेटी नै देखिएका छन अझ दिब्या सँगको जोडी खुब जमेको धेरै रोमाण्टिक देखिएकाछन ।
गत कार्तिक १५ गतेको लागी प्रदर्शनको मिती तोकिएको ‘एक्टर’ यही माघ १६ गतेबाट प्रदर्शनमा आउने भएको छ । राजन भुसाल निर्देशित ‘एक्टर: टेक वन’ को कथा आकाश बराल र राजन भुसालले लेखेका हुन । पटकथा आकाश बराल र राजन भुसालले लेखेका हुन् । नरेन्द्र मैनाली र सञ्जय लामाको सिनेम्याट्रोग्राफी रहेको चलचित्र एक्टरलाई निमेश श्रेष्ठले सम्पादन गरेकाछन । चलचित्रमा दिव्यदेव पन्त, उषा रजक, सुशील सिटौलाको पनि अभिनय छ । अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको सिनेमालाई नरेन्द्र मैनालीले छायांकन गरेका हुन् । थमन कुमार भण्डारी निर्माता र तोरन क्षेत्री लाइन प्रोड्युसरमा छन् ।