दक्षिण भारतीय सिनेमा र बलिवुडका चर्चित हास्यकलाकारहरु र खलनायकहरुलाई लिएर निर्माण गरिएको नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’लाई धराने दर्शकले खासै रुचाएनन । कार्तिक ३० गतेबाट प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’ को लागी धरान स्थित फ्रेण्डस सिनेमाजमा पहिलो दिनदेखिनै आइतबार सम्म दिनको एक शो दिएपनी, दर्शकहरुले प्रदर्शनरत चलचित्र ‘पूर्ण बहादुर को सारंगी’ नै मात्र हेर्न चाहे पछी सोमबारको को शो हटाइएको फ्रेण्डस सिनेमाज धरानका म्यानेजर सन्देश घिमिरेले जानकारी दिए ।
३० प्रतिशत पनि अकुपेन्सी नभएको र दर्शकहरुले दुई तीन दिन देखी पूर्ण बहादुर को सारङ्गी हेर्न टिकट बुक गरेपछी ‘ह्रस्व दीर्घ’ को सोमबारको शो स्थगित गरिएको घिमिरेले बताए । उनका अनुसार मंगलवारको शो मा ‘ह्रस्व दीर्घ’ को पनि केही टिकट बुक भएको छ दर्शकहरुको उपस्थिती हेरेर पुन शो गरिनेछ । ‘ह्रस्व दीर्घ’ लाई प्रदर्शनको पहिलो दिनदेखिनै दिउसो २:३० को शो प्रदान गरिएको थियो । अभिनेत्री नीता ढुंगानको लगानी रहेको सिनेमा ‘ह्रस्व दीर्घ’ शुक्रबारबाट देशभरका सिनेमा घरमा प्रदर्शनरत छ । धरान बाहेकमा शुक्रबार र शनिबार आक्रामक व्यापार गरेको ‘ह्रस्व दीर्घ’ ले दर्शकबाट उत्कृष्ट वर्डअफ माथउ समेत पाइरहेको छ ।
नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ । अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् ।