एक्सन नायक बिराज भटटको डेब्यु निर्देशन रहेको नेपाली कथानक चलचित्र ‘१२ गाउ’ को टिजर सार्वजनीक भएको छ । एक मिनेट ११ सेकेण्डको टिजरले चलचित्रका डेव्यु नायक तथा बिराजका आफ्न छोरा समिर को एक्सनले सबैको ध्यान खिच्छ । दशैंको फूलपाति अर्थात् असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको शुक्रबार एक्सन प्याक्ड टिजर रिलिज गरिएको हो ।अभिनेता विराजको भ्वाइस ओभरबाट सुरु हुने सिनेमाको टिजरमा डेव्यु अभिनेता समीर भट्टलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।
चलचित्रले बदलाको कथा उठाएको टिजरमा देखाइएको छ । । गाउँको पृष्ठभूमिमा कथा भनिएको सार्वजनिक टिजरमा सिनोमाका अधिकांश मुख्य कलाकारलाई स्थान दिइएको छ । सार्वजनिक टिजरमा योद्धाको रुपमा देखिएका समीरको संवाद समावेश गरिएको छैन् । भारतमा बसेर मार्सल आर्ट र अभिनय सिकेका समीरले पहिलो सिनेमाबाट आफुलाई एक्सन हिरोको रुपमा चिनाएका छन् । नेपाली सिनेमा इतिहासकै उच्च स्तरीय एक्सन ‘१२ गाउँ’ दर्शकले हेर्न पाउने दाबी निर्देशक विराजको छ । सिनेमाको सार्वजनिक टिजरले त्यो देखाएको पनि छ ।
यो सिनेमाबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् । सिनेमामा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ । एक्सन-थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् ।
तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।