पुर्वाञ्चल फिल्म एकेडेमी धरानको ब्यानर र याक्थुङ चलचित्रकर्मी संघ केन्द्रको सहकार्य, बिजय सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘सिटी अफ वार’ को छायांकन १८ औ दिनमा धमाधम धरानको बिभिन्न स्थानमा भैरहेको छ । चलचित्रको लेखक तथा निर्देशक बिजय सुब्बाले ‘सिटी अफ वार’ धरानको परिवेशमा रहेर निर्माण भैरहेको र अब १८ औ दिनमा छायांकन भैरहेको जानकारी दिए । बिशेषगरी किशोर, किशोरी र युवायुवतीहरु लागुुऔषध र कुलतमा फसेपछी अवस्थालाई चलचित्रले प्रस्तुत गरिएको सुब्बाले बताए । कुनै बेला धरानमा धेरै मात्रमा लागुुऔषधको प्रयोग र कारोवारीहरुले अशान्त बनाएको बिषय समाबेश छ । धरानलाई हेर्ने नकरात्मक दृष्टिलाई चिर्ने प्रयास चलचित्रले गर्ने सुब्बाको दावी छ ।
चलचित्रलाई धरानको बिभिन्न स्थानमा छायांकन गरेर लगभग अब अन्तिम चरणमा पुगेको र अब गीतको छायांकन अन्तिममा गरेर फिल्मको सम्पूर्ण छायांकन सकिने प्रोजेक्ट म्यानेजर तथा चलचित्रका कलाकार नबिन मेन्याङवोले जानकारी दिए । चलचित्रको फाइटको काम काठमाण्डौबाट आउने टिमले गरिसके, छायांकनको काम निरन्तर भैरहेको छ,कलाकारहरुले मेहनतका साथ काम गरिरहनु भएको छ, हामी तोकेकै समयमा छायांकन सकेर चाडै पोस्ट प्रोडक्सनको काममा लाग्ने छौ मेन्याङवोले भने । करिव एक महिनाको छायांकन सेड्युल रहेको चलचित्र करिब पौने दुई घण्टाको हुनेछ । चलचित्रमा तिरज लिम्बुको दुई वटा र बिजय वाम्बुले राईको एक वटा गरी जम्मा ३ वटा गीत समाबेश गरिने मेन्याङ्बोले जानकारी दिए ।
चलचित्र छायांकन समाप्त पछी प्रदर्शनको बारेमा जानकारी दिने निर्माण टिमले जनाएको छ । चलचित्रलाई राम्रो बनाउन निर्माण टिम लागिपरिरहेको र चलचित्रका लागी आवश्यक सम्पूर्ण सामग्रीहरु जुटाउन सहज भैरहेको प्रोडक्सन म्यानेजर सानुराजा थेगिमले जानकारी दिए । धरानभित्र नै सुटिङ स्थल भएकोले धेरै कुराहरुमा सहज् भैरहेको थेगिमको भनाइ छ । चलचित्रमा जोसेफ लिम्बु,रोजनी तेयोङ, तेज मेन्याङ्वो, तिरज लिम्बु ,सोमा राई, समृद्धि लिम्बु, प्रशान्त राई,नुमा नेयोङ, नबिन मेन्याङ्बो, नबिन पराजुली, सुरेन्द्र भुजेल, दिलु सुब्बा, उदय सुब्बा कुरुम्बाङ,लगायतको अभिनय रहेको चलचित्रलाई मणी कुमार लिम्बुले छायांकन गरिरहेका छन । चलचित्रको द्वन्द निर्देशन मिलन तामाङले गरेका छन ।