यही भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बर एण्ड बधु’ को ट्रेलर ट्रेन्डिङ मा परेको छ । ट्रेलर रिलिज भएको २४ घण्टा नपुग्दै ट्रेलर ट्रेण्डिङ ६ मा पर्न सफल भएको छ । शुक्रबार ओएसआर डिजिटिल को अफिसियल युट्युब च्यानलबाट रिलिज भएको ट्रेलर लाई यो समाचार तयार पार्दा सम्म ४ लाख ५६ हजार ३७८ जनाले हेरिसका छन । रिलिज ट्रेलरमा रोमनियाको सुन्दर लोकेशन लाई देखाइएको छ भने , ग्लामर भरपुर छ । एक युवा युवतीले आफुलाई झुक्न नचाहेको एक अर्काको नोकझोक बढीदेखिएको ट्रेलरमा अहिलेका युवा पुस्ताको प्रेम कहानीलाई निर्देशक मिलन चाम्सले गज्जवले प्रस्तुत गरेका छन । यही चलचित्रबाट नेपाली रजतपटमा डेव्यु गरेका नायक बिबेक कर्माचार्यको अभिनयले केही आसा जगाएको छ ।
आफुलाई बिहे गर्नेवाल बिबेक अर्थात बनिश बिक्रम खडका आफ्नो ठाउँ पेरिसमा भेट्न आउन नमान्ने घमण्डी बिबेक लाई आफु तिर आर्कषण गर्न अनेक प्रपञ्च रचेकि आचल उर्फ टिका नारायणी महालक्ष्मी थापा को अभिनय ले खुब धुम मच्चाउछ । बिबेकलाई बल्ल आफु तर्फ ल्याउन सकेकी आचल र बिबेकको लुकामारी प्रेम कहानी हेर्न लायक छ । उनीहरुको केमेस्ट्री मिलेको छ, रोमान्टिक हुँदै गीतको अन्तिममा देखाएको दृश्यले सिनेमा कस्तो बनेको होला भन्ने कौतुहलता जगाउछ ।
एलआरके प्रोडक्शनको ब्यारनमा निर्माण भएको ‘बर & बधु’ मा प्रदीप भारद्वाजको कथा , सफल निर्देशक मिलन चाम्सले निर्देशन रहेको छ । चलचित्रको निर्माता जानुमा थापा र कार्यकारी निर्माता अमित रिजाल हुन । नेपाल र रोमानियाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रलाई रबिन्द्र न्यौपाने र अनिश स्याङ्देनले खिचेका हुन भने डिओपी सुदीप बराल हुन्। भदौ १४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रमा आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको मुख्य भूमिका रहेको छ। गरिमा शर्मा, विजु पार्की, हिमेश पन्त, श्रृष्टी खड्का, बिजय लामा, किरण केसी, कुसुम शर्मा, सरिता लामिछाने, रविन्द्र खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ।