आज बाट प्रदर्शनको दोस्रो हप्तामा प्रबेश गरेको सफलता साथ प्रदर्शनमा आइरहेको नेपाली कथानक चलचित्र ‘गाउ आएको बाटो’ को शनिबार को एक शो बुक भएको छ । धरानमा स्थायी बसोबास गर्दै आएका भोजपुरेहरुको संगठिट संस्था भोजपुर सुनसरी सेवा समाजले शनिबार बिहान ८:३० बजेको शो बुक गरेको हो । गाउ आएको बाटो बिशेषगरी भोजपुरमा छायांकन गरिएको र भोजपुरकै परिवेशलाई पर्दामा उतारिएको हुनाले आफ्नो गाउ ठाउँ अनी सडक यातायात पुगेपछीको गाउमा आएको परिवर्तन सिनेमामा हेर्नको लागी सबै भोजपुरेहरुले शो बुक गरिएको भोजपुर सुनसरी सेवा समाजका अध्यक्ष रेवतीरमण राईले जानकारी दिए । भोली को शो मा सबैजना नअटाएपनी फेरी अन्य शो हरुमा पनि सबै मिलेर हेर्ने अध्यक्ष राई ले जानकारी दिए । भोजपुर तथा धरानमा छायांकन भएको चलचित्र गाउ आएको बाटोले धरानको फ्रेण्ड्स सिनेमाज मा यती बेला हाउसफुलका साथ प्रदर्शन भैरहेको छ । सिनेमाले जम्मा दैनिक ७ शो पाइरहेकोमा हाल भने ४ शो पाएको छ । ति सबै शो हरु हाउसफुल छन ।
गाउ गाउमा बाटो पुगे सङै स्थानिय भित्रिएका आधुनिक औजार र दैनिक उपभोग्य सामग्रीहरुले स्थानिय हस्तकला र परम्परागत चित्रा , चोया दाम्लो नाम्लो लोप भए संगै दैनिक आम्दानीमा आएको नकरात्मक असर यिनै परम्परागत सिपले गुजारा चलाएका माइला अर्थात दयाहाङको जीवनमा आएको परिवर्तन अनी आफ्नो छोराको खुशीको लागी जे पनि गर्न तयार मरिहत्ते गर्ने एक संघर्षशील बुवा को कथा गाउ आएको बाटोले पेस गरेकोछ ।आदिवासी राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन्न राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । महेश राई र निर्देशक सुब्बाले संयुक्त रुपमा फिल्मको पटकथा लेखेका हुन् भने अन्तर्राष्ट्रिय सिनेमेटोग्राफर जोस हेरुमले छायांकन गरेका छन ।