शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र बोक्सीको घरले शनिबार देशैभरी हाउसफुलका साथ व्यापार गरेकोछ । बिशेषगरी पुर्वका सिनेमाहल हरु सबै हाउसफुल रहे । प्रदर्शनको पहिलो दिन सोचे भन्दा राम्रो व्यापार गरेपछी शनिबार दर्शकहरुको उल्लेख्य उपस्थित हुने देखेपछी राती १० बजे सम्म ९ शो लगाइएको QFX बिर्तामोड्का म्यानेजर केदार बस्नेतले जानकारी दिए । प्रदर्शनको पहिलो दिन खासै दर्शक आउँलान जस्तो लागेन ठिकै शो राखियो तर शुक्रबारकै सबै शो हरु हाउसफुल भएपछी शनिबार शो थपेको बस्नेतले थपे । बोक्सिको घर रात्रीकालीन शो को पनि उच्च मागआएको हुँदा, आज राती ९.३० बजेका लागि पनि शो थपिएको उनले बताए । यता धेरै नेपाली चलचित्र हेर्ने दर्शक धेरै भएको तर एउटा मात्र सिनेमा हल भएको धरानमा शुक्रबारका सबै शो हाउसफुल भएपछी शनिबार शो थपिएको र सबै शो हरु हाउसफुल भएको फ्रेण्ड्स सिनेमाज धरानका म्यानेजर सन्देश घिमिरे बताउछन । शनिबार ४ शो दिएकोमा सबै हाउसफुलका साथ चलेको घिमिरेले बताए । बिर्तामोडकै पाथिभरा सिनेप्लाजा सिट सन्ख्या धेरै भएको हल हो । यहाँ आज जम्मा ५ शो थियो त्यो सबै हाउसफुल थियो । यसैगरी दमकको डिम्याक्स , इटहरीको इलाइट,बिराटनगरको सेन्ट्रलप्लाजा र QFX बिराटनगरको शो हरुमा उल्लेख्य दर्शकहरु थिए ।
सिनेमाका प्रचार सामाग्री बुधबार गरिएको सिनेमाको प्रिमियर शोबाट मिलेको उत्कृष्ट प्रतिक्रिया पाएपछि सिनेमाले शुक्रबारबाट आक्रामक व्यापारको सुरुवात गरेका हो । शुक्रबार राजधानीमा देशको ठुलो मल्टिप्लेक्स चने क्युएफएक्स २४ शो दिँदा मोफसलमा ३२ शो दिएको थियो । सुलक्षण भारतीको लेखन तथा निर्देशन छ । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गरेको बताएकी छन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको हो ।केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । सिनेमामा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।