शुक्रबार बाट प्रदर्शनमा आएको प्रतिक्षित चलचित्र ‘डिग्री माइला’ धरानमा शनिबारका सबै शोज हरु हाउसफुल भएकाछन । धरानमा ४ वटा शो पाएको डिग्री माइलाले बेलुकी ९:४५ को अन्तिम शो पाएको छ । २१९ सिट क्षमता भएको हलमा प्राय सबै हाउस फुल रहेको थियो । धरानमा अनलाइन भन्दा डोर सेल टिकट लिने दर्शकहरु ज्यादा छन । यस हिसाबमा फिल्म सुरु हुनुभन्दा १० मिनेट अगाडी सम्म अनी फिल्म सुरु भएपछी पनि दर्शकहरुले टिकट काटेर फिल्म हेर्ने आउने गरेको म्यानेजर सन्देश घिमिरे बताउछन । रिलिजको पहिलो दिन शुक्रवार बिहानी शोमा औषत सुरुवात गरेको सिनेमाले मध्यान्हबाट हाउसफुल व्यापार गरिरहेको जानकारी वितरक गोबिन्द शाहीले दिएका छन् ।आज शनिबार भने बिहानैदेखि दर्शकहरु हलमा सिनेमा हेर्ने दर्शकहरुको भिड छ ।
प्राय: सबै शोहरु बिहानैदेखि हाउसफूल भएको शाहीको भनाइ छ । बुकिङको अनुपात हेर्दा देशैभर सिनेमाले हाउसफूलको व्यापार गर्ने निश्चित छ । सिनेमाप्रति दर्शकको यो क्रेजको प्रत्यक्ष अनुभव र प्रतिक्रिया लिन ‘डिग्री माइला’ टिम हलहलमा पुगिरहेको छ । उनीहरु हलहलमा पुग्दा दर्शकहरुले हुटिङ गरेर हौसला प्रदान गरिरहेका छन् । तर धरानमा भने टिम आउन नसके पनि यहाँका दर्शक हरुले साकरात्मक प्रतिकृया दिएकाछन । हेर्ने दर्शकले फिल्मको अन्तिम सिन हेर्दा यस्को सिक्वेल बन्ने आकलन गरेकाछन । केही युवा दर्शकहरुले भने हाम्रो आफ्नै कथा रहेको दावी गरे ।
सिनेमा हेरेका दर्शकले सिनेमाको विषय, कलाकारको अभिनय आफूहरुलाई मनपरेको प्रतिक्रिया दिएका छन्। फिल्म हेरेका केही युवा दर्शकले डिग्री पढेपछी पनि केही काम नहुने रहेछ यस्तै बेरोजगार र गफाडी मात्र बन्ने हुन भन्ने कुराले युवाहरुलाई नकरात्मक असर पर्छ कि भनेर चासो ब्यक्त गरे । उनिहरुले तेती धेरै संघर्स देखाइसके पछी अन्तिममा तेस्को नतिजा पनि देखाएको भए अलिक सकरात्मक् असर पर्थ्यो भन्ने कुरामा जोड दिए । बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरु विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन् । सिनेमाका कार्यकारी निर्माता क्रिश लामा हुन् । सिनेमामा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्यूजिक रहेको छ । यस्तै सिनेमालाई दुई क्यामराम्यान शिवराम श्रेष्ठ तथा राइली एस शिनले खिचेका छन् ।