Wednesday, March 4, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

‘सतीदेवी’ को पोस्टर सार्वजनिक, दर्शकको ध्यान खिच्दै

चर्चित मोडल तथा नायिका मलिका महतको मुख्य भूमिका रहेको 'सतिदेवी' को फर्स्ट लुक सार्वजनिक भएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० मंसिर ७ गते १७:२१ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
‘सतीदेवी’ को पोस्टर सार्वजनिक, दर्शकको ध्यान खिच्दै
67
SHARES
Share on FacebookShare on Twitter

चर्चित मोडल तथा नायिका मलिका महतको मुख्य भूमिका रहेको ‘सतिदेवी’ को फर्स्ट लुक सार्वजनिक भएको छ । रङ्ग पत्रकार तथा चलचित्र निर्देशक लक्ष्मण सुवेदीले निर्देशन गरेको चलचित्र ‘सतीदेवी’को रिलिज भएको फर्स्ट लुक्सलाई लिएर धेरै चर्चा चल्न थालेको छ । यस भन्दा अगाडी ‘यात्रा’ मा आफ्नो अभिनय क्षमता देखाइसकेकी नायिका मलिका महत एक लवर गर्लको भूमिकामा दर्शकले धेरै रुचाएका छन । आज सार्वजनिक भएको चलचित्रको फस्टलुकमा मुख्य नायिका मलिका महतलाई देखाइएको छ । पोस्टरमा मलिका कुनै रोमान्टिक अवतारमा देखिएकी छैनन् । उनको घाटीमा जुत्ताको माला,अनुहारमा कालो मोसो दलिएको छ, यसले, आम दर्शकहरुलाई चकित बनाइदिएको छ । चलचित्रमा मलिका महतसँगै हर्षिका वली, मञ्जिला बानियाँ(बाल कलाकार), सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारीको अभिनय छ ।

बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा तारा थापा ‘किम्भे’को सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको एक्सन छ । दिलासा, सारा र श्रीदेवी सुवेदीको लगानीमा बनेको चलचित्रमा लेखन पनि निर्देशक सुवेदीको नै छ । यो चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन । तर आज सार्वजनिक भएको पोस्टरले चलचित्र नारीप्रधान रहेको प्रस्ट देखाइदिएको छ । पोस्टर सार्वजनिक गर्नुभन्दा केहीबेर अगाडी निर्देशक लक्ष्मण सुवेदीले सामाजिक संजाल फेसबुकमा चलचित्रको बारेमा पोस्ट गरेका थिए । उनले `सतीदेवी´´ अहिलेसम्म, नाम मात्रै सुन्दा कतिपयले धार्मिक,पौराणिक कथा/पात्रमा बनेको होला/रैछ भन्ने बुझेको,अनुमान समेत गर्ने गरेको पाएको छु । जो पुर्णरुपले गलत छ ।खासमा,“सतीदेवी´´ चलचित्रका सम्पूर्ण पात्र, घटना,स्थान तथा परिवेश पूर्ण रुपले काल्पनीक हुन । तर, यो चलचित्र हाम्रो नेपाली समाजमा बिद्यमान यथार्थसँग सतप्रतिशत सन्नीकट रहेको छ ।  कुनै धर्म,जाती,सम्प्रदाय,परम्परा,कालखण्ड तथा ब्यक्तिसँग यसको कुनै प्रकारको सम्बन्ध छैन । यो चलचित्र बिसुद्द मौलिक नेपाली समाज,जनजीवन,परिबेशको माटोबाट अन्तर हृदयमा कुदिएको यथार्थ कथा हो । कथा मात्रै होइन यो आम ब्यथा समेत रहेको भनी पोस्ट गरेकाछन । बाबु र छोरीहरु बीचको मिहीन स्नेह,सम्बन्धको आरोहअवरोह तथा समाजको सतही अनि कुसोचको प्रक्षेपण रहेको उनको दावी छ ।

ADVERTISEMENT
Previous Post

धनकुटामा श्रीमती र छोराको हत्या गरी आत्महत्या गरे

Next Post

सुनसरीको दुहबीबाट ब्राउन सुगर सहित २ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

नेकपा एमाले सुनसरी १ को प्रतिबद्धता पत्र, धरानलाई चलचित्र हव बनाईने

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १८:२७ बजे प्रकाशित
0

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

धरानका युवा नेता मनोज भट्टराई, वडाध्यक्ष हुँदाको कामले प्रतिनिधिसभाको यात्रा तय

by हंगामा खबर
२०८२ फाल्गुन १२ गते १०:३५ बजे प्रकाशित
0

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

रङ्गमञ्चका सविन, मिस्टर भर्जिनदेखि कोशेढुंगा, लालिमा हुदै ‘बाटुलो जुन सम्म

by हंगामा खबर
२०८२ फाल्गुन ८ गते १७:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist