Saturday, March 14, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धेरै फिल्म एकसाथ रिलिज हुदा हलवालाहरुलाई फाईदा कि घाटा ?

हंगामा खबर by हंगामा खबर
२०७९ चैत्र २८ गते १७:०३ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
धेरै फिल्म एकसाथ रिलिज हुदा हलवालाहरुलाई फाईदा कि घाटा ?
146
SHARES
Share on FacebookShare on Twitter

नेपाली चलचित्रको बजार सानो छ । तैपनी वार्षिक सयौको संख्यामा फिल्म हरु निर्माण भैरहेकोछ । यि फिल्महरु मध्ये केही चलचित्रले मात्र आफ्नो लगानी उठाएका छन । नेपाली फिल्म निर्माताहरुलाई दर्शकले कस्तो फिल्म रुचाउछन भन्दानी चाड पर्व बिदाको दिन भए फिल्म चल्छ भन्ने लागेको छ । हरेक निर्माताको फिल्म रिलिज गर्ने पहिलो तार्गेट भनेकै चाडपर्वहरु र बिदाको दिन हो । यस्तै मौका छोपेर नयाँ बर्ष २०८० का लागी ४ चलचित्रहरु भिडन तयार भएपनी ‘नाई नभन्नु ल ६’को टिम पछि हटेपछि अब ३ वटा फिल्म मात्र रिलिज हुने भएको छ । यि तीन फिल्म मध्ये दुइटा फिल्ममा एउटै कलाकार कास्ट छन भने दुई फिल्मले एउटै कथा बस्तु बोकेको छ । बैशाख १ मा रिलिज हुने तीन फिल्म मध्ये बिहे पास र जारी दयाहाङ स्टारर हो भने , जारी र बुलाकीले उस्तै उस्तै कथा बोल्ने ट्रेलरले स्पस्ट देखाएकोछ । जारीमा पुर्बमा बस्ने लिम्बुहरुको संस्कार देखाउने कोशीस गरिएकोछ भने बुलाकीमा पश्चिमको संस्कार देखाएकोछ । दुबै फिल्म देखाउनु खोजेको जारी कै कुरा छ ।

यी तिनै फिल्मको सेन्सर पास भैसकेको छ भने अधिकांश हलमा बुकिङ पनि खुल्ला गरिएको छ । यी तिन फिल्ममध्ये मल्टिप्लेक्समा सर्वाधिक शोज ‘जारी’ले पाएको छ । उपेन्द्र सुब्बाको निर्देशनमा रामबाबु गुरुङ निर्मित यो फिल्ममा दयाहाङ राई, मिरुना मगर मुख्य भूमिकामा छन् ।यसरी दर्शकहरुको पर्खाइरहेको फिल्मह साथ प्रदर्शनमा आउँदा पूर्वका सिनेमाहल संचालकहरु भने चिन्तीत बनेकाछन । जारीको फिल्मको बुकिङ आक्रामक रहेको QFX बिर्तामोडका म्यानेजर केदार बस्नेतले यस बिषयमा चिन्ता व्यक्त्त गरेका छन । नेपाली फिल्मको बजार यसै पनि हाम्रो जस्तो सानो देशमा एकदमै न्युन छ । यसरि दर्शकको मनमा बसेको फिल्महरू एक साथ बक्स अफिसमा भिडन्त हुदॅां नेपाली फिल्मको लागि सुखद होईन , यस संगै फिल्म प्रदर्शकलाई ज्यादै टाउको दुखाईको बिषय हुन्छ । यसरी फिल्म एक आपसमा भिड्दा प्रदर्शकलाई शो मिलाउन ज्यादै अप्ठ्यारो त छदैछ , त्यसमाथी दर्शकको कम क्रेज भएको फिल्मको शो ले हल खाली होला कि भनेर ठुलो चिन्ता सदैव रहि रहन्छ । बस्नेतको भनाइ छ ।


यो चिन्ता बिर्तामोडका हलवालालाई मात्र हैन दमकमा पनि उस्तैछ । डिम्याक्स सिनेमाका म्यानेजर बुद्दी पाण्डे भन्छन एकसाथ फिल्म रिलिज हुँदा सबैले पेल्छन । उनका अनुसार निर्माता र वितरकको चपेटामा हलवाला परेका छन । आफ्नो फिल्म राम्रो भएको दावी गर्दै शोज हरु बढाउन आग्रह गरेको पाण्डेको भनाइछ । आशा गरिएको फिल्महरु एकसाथ प्रदर्शनमा आउँदा शोज मिलाउन कठिन भएकोले एक हप्ता पर सरेको भए के चाँही हुन्थ्यो ? उनको प्रश्न थियो । जेठ असार मा कुनै पनि फिल्म नभएकाले केही समय पोस्ट्पोन्ड गरेको भएको असल हुने उनको बुझाई छ । अझै पनि पोस्टपोन्ड गर्ने समय भएको ले पुन सोच्नको लागी निर्माता र वितरकलाई सुझाव दिए । दमककै अर्को सिनेमा हल पाथिभरा सिनेमा हलका संचालक तथा फिल्म बितरक चैतन्य बरालले प्रतिस्पर्धाको बजारमा कम्पिटिशन गर्नु सामान्य रहेको बताए । बरालका अनुसार एकपटकमा एउटा मात्र फिल्म रिलिज होस् भन्ने हाम्रो पहिले देखिकै चाहना हो , एक भन्दा बढी एकसाथ रिलिज हुँदा हलवालालाई भन्दा निर्मातालाई धेरै मार पर्छ ,ती मध्ये राम्रा फिल्मको लागी दर्शक आउछन नै , यसमा हलवलालाई भन्दा नि निर्मातालाई ठुलो घाटा हुने भएकोले रिलिज अगाडी सोच्न पर्ने उनको भनाइ छ । इलाइट सिनेमा इटहरीका मेनेजर नवराज केसीले पनि आफ्नो गुनासो पोखे । प्रदर्शक सङ्ग् कुनै सल्लह नगरी आफ्नो खुशीले निर्माता र बितरकले फिल्म जुदाउधा हलवाला मरमा परेको केसीको भनाइछ । निर्माता र बितरकको टकराबले गर्दा हलवालाहरु प्रेसरमा रहेको उनको भनाइछ । दुई दिन अगाडी बुकिङ खुलाएर कुन फिल्ममा कस्तो रेस्पोन्स आउछ त्यही अनुसार शोजहरु दिने पनि उनको भनाइ छ ।

ADVERTISEMENT

अहिले सम्म को स्थितीलाई हेर्ने हो भने जारीलाई क्यूएफएक्स चेनले देशभर ५५ शोज दिएको छ । शोज अझै बढ्ने पक्का जस्तै छ । फिल्मको बुकिङ पूर्वी नेपालको विर्तामोडमा आक्रामक छ । ६ शोजबाट सुरु भएको विर्तामोडमा १० शोज पुगिसकेको छ । धरानको फ्रेण्ड्स सिनेमामा भने आज बाट नै बुकिङ खुलेको छ । फ्रेण्ड्सका म्यानेजर सन्देश घिमिरेका अनुसार जारीको डिमाण्ड बढ्दो भएकै कारण आजबाट बुकिङ खोलिएको हो । बुकिङ खुले सङ्गै , टिकट बुक गर्नेहरुपनी बढन थालेको घिमिरेको भनाइछ । जारीले फिल्मले नयाँ बर्षको दिनमा बम्पर व्याापर गर्ने संकेत देखिएको छ ।दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनित फिल्म ‘बिहे पास’ले पनि सुखद शो पाएको छ । फिल्मका कलाकार, वितरक रोहित कट्टेलको फिल्म भएका कारण पनि यसले मल्टिप्लेक्समा राम्रो शो पाएको हो । यी दुई फिल्मको तुलानामा फिल्म ‘बुलाकी’ पनि ओझेलमा परेको देखिन्छ । फिल्मलाई क्यूएफएक्सले १२ शोज मात्र दिएको छ ।

Previous Post

धरान -५ देउरालीमा गणित शिक्षण सिकाई तालिम सम्पन्न

Next Post

बैतडीमा जिप दुर्घटना , ६ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको  बबाल  नृत्य

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको बबाल नृत्य

by हंगामा खबर
२०८२ फाल्गुन २९ गते १९:०९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक,  पारिवारीक कलह मुख्य विषय

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक, पारिवारीक कलह मुख्य विषय

by हंगामा खबर
२०८२ फाल्गुन २५ गते १७:५५ बजे प्रकाशित
0

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

by हंगामा खबर
२०८२ फाल्गुन २४ गते १७:१० बजे प्रकाशित
0

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist