विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका शिक्षक र कर्मचारीहरु २९ पुसदेखि काम छाडेर आन्दोलनमा छन् । बढुवा सुचारु गर्न माग गर्दै सुरु भएको आन्दोलनविरुद्ध सञ्जयकुमार मेहताले उच्चमा निवेदन दर्ता गरेका थिए । बुधबार उच्च अदालतका न्यायाधीश गणेशप्रसाद बरालको एकल इजलासले बढुवा प्रक्रिया रोकेर दुवै पक्षलाई छलफलका लागि आउन आदेश दिएको हो ।उच्च अदालत विराटनगरले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लोक सेवा आयोगको सहभागिता बिना कर्मचारी नियुक्ती तथा स्वत बढुवा नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीश गणेशप्रसाद बरालको एक इजलासले निवेदक संजय कुमार मेहता र प्रतिष्ठानका प्रतिनिधिलाई छलफलमा बोलाउँदै उक्त आदेश जारी गरेको हो। अदालतले माघ १७ गतेलाई पेशी तोकी दुवै पक्षलाई छलफलमा बोलाएको छ।

सोमबार र मंगलबार आन्दोलनरत पक्षको माग सम्बोधन गर्नका लागि बसेको कार्यकारिणी समितिको बैठक निष्कर्षबिहिन भएको थियो । अदालतको आदेशले उपकुलपति कार्कीलाई सहज भएको छ ।यसअघि संजीवकुमार साहले अस्पतालको सेवा सुचारु गर्न आदेश माग गर्दै उच्चमा रिट दायर गरेका थिए । ४ माघमा उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले प्रतिष्ठानमा लागेको ताला खोल्न र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश जारी गरेको थियो । अदालतको आदेशपछि प्रतिष्ठानको तालाबन्दी खुलेपनि आन्दोलनरत कर्मचारी भने काममा फर्किएका छैनन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।