विश्वव्यापी भोकमरी सूचीमा नेपालको सुधार भएको छ । सुचीअनुसार नेपालमा भन्दा भारतमा बढी भोकमरी देखिएको छ । विश्वव्यापी भोकमरी सूचकांक २०२२ मा नेपाल ८१ औं स्थानमा थियो भने अहिले यसमा व्यापक सुधार गर्दै नेपाल यस वर्ष ६९ औं स्थानमा आइपुगेको हो भने भारत १११ औ स्थानमा छ । बिहीबार ग्लोबल हंगर इन्डेक्स २०२३ को नतिजा सार्वजनिक भएको छ । यो ग्लोबल हंगर इन्डेक्सको १६औं संकरण हो । जसमा दक्षिण एसियाली मुलुकमध्ये नेपाल र श्रीलंकाको अवस्था सुधारोन्मुख देखिएको छ ।सूचकांकमा भारतको अवस्था निकै कमजोर देखिएको छ । दक्षिण एसियामा नेपालभन्दा अगाडि श्रीलंका ६० औं स्थानमा छ । भारत १११ औं स्थानमा पुग्दै भोकमरीले आक्रान्त मुलुकमध्येमा परेको छ ।