प्रतिक्षित इसाई चलचित्र, भुटानी(नेपाली फिचर फिल्म ‘सम्हालिएको जाती’ युट्युवमा सार्वजनिक भएको छ । चलचित्रका लेखक तथा निर्देशक सन्तोष रामदामले अंग्रेजी नयाँबर्ष २०२६ र आफ्नो जन्मदिनको अवसर पारेर सबै दर्शकका लागि सार्वजनिक गरिएको आफ्नो सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन । ‘सम्हालिएको जाती’ सन्तोषले आफ्नै अफिसियल च्यानल सन्तोष रामदाम च्यानलमा सार्वजनिक गरेका हुन । ‘सम्हालिएको जाती’ यस अघि नेपाल भारत, अमेरिका, क्यानाडा, अष्ट्रेलिया लगायत देशहरुका विभिन्न सहरहरुमा प्रदर्शन गरेर दर्शहरुको मन जितिसकेको छ । ‘सम्हालिएको जाती’ हेर्ने दर्शकहरुले चलचित्रलाई अत्यधिक रुचाएका छन । चलचित्र ‘सम्हालिएको जाती’ नेपाल अमेरिकामा छायाँकन गरिएको छ । चलचित्रले तेस्रो मुलुक प्रस्थान गरिएका नेपालीभाषी भुटानी शरणार्थीहरुको वास्तविक कथालाई प्रस्तुत गरिएको छ । चलचित्रले एक बुवाले आफ्नो सन्ताानलाई नेपालमा रहँदा शरणार्थी जिवन कसरी व्यतित भएको थियो भन्ने देखाउनलाई नेपाल ल्याउन खोज्दाको घटनालाई गज्जवले प्रस्तुत गरिएको छ ।
रामदामले यसअघी ८ बर्ष अघी नेपालीभाषी भुटानीहरु भुटानबाट कसरी लखेटिए अनी नेपालमा शरण लिएपछी कसरी विश्वका बिकसित राष्ट्रहरुमा पुगे भन्ने कथालाई गीतमा प्रस्तुत गर्नु भएको थियो । जोडीएको सम्बन्ध बोलको गीतले इसाइहरुको मात्र हैन सारा गैर इसाइ हरुको पनि मन जितेको थियो त्यसै कारण करोडौ भ्युज पाएको थियो । ९ मिनेट २१ सेकेण्डको गीतमा भुटान नेपाल हुँदै अमेरिका क्यानाडा अस्ट्रेलिया सम्मको यात्रालाई गज्जबले प्रस्तुत गरिएको थियो । सोही गीतको एक वाक्य सम्हालिएको जाती नामलाई यतिबेला सन्तोष रामदामले फिल्म निर्माण गर्नु भएको छ । फिल्मको शिर्षगीत यसअघी रिलिज भैसकेको छ । रिलिज भएको शिर्षगीतमा शब्द संगीत निर्देशक रामदामकै छ भने स्वर सन्तोष तिर्वाको रहेको छ। रिलिज भएको गीतको भिडियोमा कुनै कलाकार समाबेश थिएनन । गीतमा प्रस्तुत भएका डान्सर, देखी लिएर सबै कलाकार नभएर सम्पूर्ण नेपालीभाषी भुटानीहरु रहेको निर्देशक रामदामले जानकारी दिनु भयो ।
एसजे प्रोडक्सनको ब्यानरमा निर्माण, सन्तोष रामदामको लेखन निर्देशन रहेको फिल्मलाई सुवास विश्व ,संजय गुरुङ, गोबेर बिश्व, युसुफ शर्मा, राज दास ,रोहित सिन्चुरी ,भिम टिका गुरुङ , डेविड लाम्गादे,सुरेश तमाङ,र रमेश आलेले संयुक्त्त रुपमा निर्माण गर्नुभएको छ । पोस्टर रिलिज गर्दै निर्देशक रामदामले “हामी आगामी ऐतिहासिक चलचित्र ‘सम्हालिएको जाती” को आधिकारिक पोस्टर सार्वजनिक गर्न पाउँदा उत्साहित भएको लेख्नु भएको छ । निर्देशक रामदामले चलचित्र यही जुन महिनामा रिलिज गरिने घोषणा समेत गर्नुभएको छ । फिल्म कहाँ कहाँ कसरी प्रदर्शन गर्ने भन्ने बारेमा अगामी दिनहरुमा थप अपडेटहरू गर्दै जाने पनी उहाले बताउनु भएको छ । उहाले भुटानी(नेपाली फिचर फिल्मको हाम्रो सबैभन्दा ठूलो कथाको अविस्मरणीय अनुभवको लागि तयार रहन सम्पूर्ण दर्शकहरुलाई आग्रह समेत गर्नु भएको छ । नेपालका पहाडी क्षेत्र र अमेरिकामा छायांकन भएको फिल्मको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम कोशी भिजन इटहरी र अमेरिकामा भैरहेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।