Saturday, May 2, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

निर्देशक दिनेश राउतको नयाँ प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’ले आफ्नो पहिलो अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक गरेको छ।

हंगामा खबर by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक
41
SHARES
Share on FacebookShare on Twitter

निर्देशक दिनेश राउतको नयाँ प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’ले आफ्नो पहिलो अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक गरेको छ। गीत सार्वजनिकसँगै निर्माण टिमले चलचित्रको रिलिज मिति पनि घोषणा गर्दै ‘कुमारी’ आगामी माघ २३ गते देशभर प्रदर्शनमा आउने जनाएको छ। रिलिज मिति ‘भ्यालेन्टाइन डे’ नजिक परेकाले चलचित्रले युवा दर्शकलाई लक्ष्य लिएको बुझिन्छ।

यसअघि टुँडिखेलमा भव्य रूपमा आयोजना गरिएको घोषणा कार्यक्रममा यो गीतको लाइभ प्रस्तुति गरिएको थियो, जसले सोसल मिडियामा ठुलो चर्चा बटुलेको थियो। गायक केहर सिंह लिम्बु तथा उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ले प्रस्तुत गरेको यो गीत हाल युट्युब र टिकटकमा विशेष गरी ‘जेन(जी’ पुस्ताबिच निकै लोकप्रिय बन्दै गएको छ।

चलचित्रको मुख्य भूमिकामा अबिषेक खड्का र आकृति राजभन्डारी रहेका छन्। दुवै कलाकार यसै चलचित्रमार्फत मुख्य भूमिकामा डेब्यु गर्दै छन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मालगायत कलाकार पनि चलचित्रमा देखिनेछन्।

ADVERTISEMENT

‘आइ एम सरी’बाट निर्देशन यात्रा सुरु गरेका राउत ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथाका लागि चिनिन्छन्। पछिल्ला वर्षमा सामाजिक विषयमा केन्द्रित फिल्म निर्देशन गर्दै आएका राउतले दर्शकको रुचिअनुसार फेरि प्रेमकथामा फर्किएको बताएका छन्। उनका अनुसार ‘कुमारी’को प्रोजेक्ट ‘पुजार सार्की’भन्दा अघि प्रारम्भ भए पनि विभिन्न कारणले अहिले आएर मात्र बनेको हो।

‘कुमारी’मा चार गीत रहनेछन्। सबै गीतमा स्वर केहर सिंह लिम्बुले दिएका छन् भने सङ्गीतमा लिम्बुसँगै सुमन तामाङ र प्रशान्त सिवाकोटीको सहभागिता रहेको छ। गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन्। स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् भने छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका हुन्। कार्यकारी निर्माता केदार भुसाल हुन्।

‘कुमारी’को डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गरेको छ भने काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएट्रिकल वितरण गर्दैछन्। यसको प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, कस्ट्युम डिजाइनर अञ्जली रिजाल, मुख्य सहायक निर्देशकमा दिनेश बहादुर रावत रहेका छन्। चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा रङ्ग संयोजन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, किरण थापा र शिशिर खातीको कोरियोग्राफी रहेको छ। पब्लिसिटी डिजाइन रोयल भीमसेन ९ट्राइडेन्ट कन्सेप्ट०को रहेको छ।

Previous Post

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

Next Post

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

चलचित्र ‘लालीबजार’ सिर्जना कसरी भयो ? के भन्छन कलाकारहरु ?

by हंगामा खबर
२०८३ बैशाख १४ गते १२:४८ बजे प्रकाशित
0

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

खेम सेन्चुरी पछि चलचित्र ‘लाली बजार’ को गीतमा प्रकाश सपुत पनि जोडिए

by हंगामा खबर
२०८३ बैशाख १२ गते १८:०९ बजे प्रकाशित
0

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

‘मालती मंगले’ टिमद्धारा चलचित्र पत्रकार संघ नेपाल सुनसरीको कार्यलय उद्धघाटन

by हंगामा खबर
२०८३ बैशाख १० गते १३:४९ बजे प्रकाशित
0

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

डार्क कमेडी चलचित्र ‘जिरो डिग्री’को छायांकन सम्पन्न, विजय बराललाई फरक अवतारमा देखाउदै

by हंगामा खबर
२०८३ बैशाख ९ गते ०९:२९ बजे प्रकाशित
0

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

चलचित्र ‘मालती मंगले’ को टिम इटहरीमा आउदै, रामकृष्ण ढकालले प्रस्तुती दिने

by हंगामा खबर
२०८३ बैशाख ८ गते १५:४५ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist