Friday, April 17, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

छाताचोकमा सिटी हस्पिटलको स्थापना गर्छौ – उमेश थापा

धरान अस्पतालको ठाउँमा १०० बेडको सुविधा सम्पन्न धरान सिटी हस्पिटलको स्थापना

हंगामा खबर by हंगामा खबर
२०७९ कार्तिक २७ गते २०:२४ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
छाताचोकमा सिटी हस्पिटलको स्थापना गर्छौ – उमेश थापा
62
SHARES
Share on FacebookShare on Twitter

लोकतान्त्रिक बाम गठबन्धनको प्रदेशसभा सदस्य प्रत्याशी उमेश थापाले पुरानो धरान अस्पतालको ठाउँमा १०० बेडको सुविधा सम्पन्न धरान सिटी हस्पिटलको स्थापना सहित सय वर्षलाई लक्षित गरी खानेपानीको दिर्घकालिन योजना सहितलाई गठबन्धनले प्राथमिकतामा राखेको बताएका छन् ।थापा सुनसरी १ बाट प्रदेशसभा (क) का प्रत्याशी हुन । यहाँबाट गठबन्धनका प्रतिनिधिसभा संसदका लागि मुक्सामहाङ मेन्याङबो, प्रदेश सभा ९ख०का लागि रेवती रमण राई उम्मेदवार छन । चुनावी कार्यक्रमहरूका बिच पत्रकारहरुसँगको भेटमा उनले बिपी अस्पताल भए पनि धरानका बिरामीहरूले भेन्टिलेटर नपाउँदा समेत बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्न पुरानो धरान अस्पतालको खाली जग्गामा १०० बेडको सुविधा सम्पन्न सिटी हस्पिटल निर्माणको योजनालाई गठबन्धनले प्राथमिकतामा राखेको बताएका हुन ।


बिपी अस्पताल बनेपछि स्वास्थ्य मन्त्रालयको उक्त जग्गा लामो समय देखी उपयोग विहीन छ । बेलाबेलामा बिपीले क्लिनिक सञ्चालन गरे पनि जनतालाई परिणाममुखी सेवा दिन सकेको छैन । पछिल्लो समय बिपी प्रतिष्ठानको आन्तरिक व्यवस्थापन नै विवादास्पद बनेकाले बिपीबाटै छुट्टै अस्पताल सम्भव नहुने बताउँदै उनले भने ‘बिपीलाई विशिष्ट किसिमको विश्वविद्यालय बनाउने पहल गठबन्धनले गर्नेछ ।’ सिटी अस्पताल त्यस अन्तर्गत सञ्चालन हुनसक्छ । मन्त्रालयको धेरै लामो समय उपयोग विहीन रहेमा चलखेलबाट स्वास्थ्य सेवा बाहिरको क्षेत्रमा दुरुपयोग हुनसक्ने उनले बताए ।धरानमा पाँचकन्या र विष्णुपादुका गाविस गाभिएपछि खानेपानीको ठुलो दिर्घकालिन योजनाका बारेमा गठबन्धन गम्भीर रहेको बताउँदै थापाले भने ‘अबको योजना सय वर्ष सम्म खानेपानी आपूर्ति सुनिश्चित गर्न सक्ने सम्भाव्य योजनाको पहल हामी गर्नेछौँ ।’ सप्तकोशी नदीबाट खानेपानी ल्याउने सम्भाव्यताको अध्ययन तिन वर्ष अघि देखी गठबन्धन सरकारकै पहलमा भइरहेको छ ।

ADVERTISEMENT

पछिल्लो समय सरकारको योजना अनुसार धरान–तमोर सुरुङ मार्गको अध्ययन प्रस्तावित छ । सुरुङको योजनासँगै तमोर नदीबाट धरान खानेपानी ल्याउने योजना समावेश गर्ने पहल गठबन्धनबाट हुने उनको भनाई छ ।धरान सहित सुनसरी–१ मा ठुला दिर्घकालिन योजनाका लागि सङ्घीय सरकार र प्रदेश सरकार सम्म पहुँच हुन जरुरी भएकोले लोकतान्त्रिक बाम गठबन्धनको उम्मेदवार त्रयको पार्टीगत र संसदीय भूमिका मार्फत पारदर्शी प्रभावकारी भूमिका रहने प्रतिबद्धता जनाए । उनका अनुसार सुनसरी १ को सडक सञ्जाल, आर्थिक, सामाजिक, विविध भाषिक, सांस्कृतिक, धार्मिक, पर्यटनको विकास, निर्माण र संवद्र्धनका कार्यक्रमहरू प्रस्ट उल्लेख गरिएका गठबन्धनको चुनावी सङ्कल्पपत्र चाँडै सार्वजनिक गरिने तयारी भइरहेको छ ।

Previous Post

धरानमा छायांकन गरिएको ‘द सोल अफ कमाण्डो’ को ट्रेलर रिलिज,

Next Post

धरानलाई स्मार्ट सिटी बनाउने वाम गठबन्धनको लक्ष्य , क्युआर कोडको लञ्च

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist