धरानलाई स्मार्ट सिटी बनाउने वाम गठबन्धनको लक्ष्यको केही लक्षण देखापरेकोछ । अगामी मङसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागी सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवारहरुको सम्पूर्ण जानकारी दिनको लागी क्युआर कोडको लञ्च गरिएको छ । निरन्तर घरदैलोमा रहेका उम्मेदवारहरुले आईतवार घरदैलोकै क्रममा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो र प्रदेशसभा १ (१) का उम्मेद्वार नेपाली कांग्रेसका उमेश थापा , प्रदेशसभा १ (२) मा नेकपा एकीकृत समाजवादीका रेवतीरमण राई र नेपाली काङग्रेसका नेता मिन बिश्वकर्माले संयुक्त्तरुपमा क्युआर कोड लञ्च गरेका हुन् ।

क्युआरमा निर्वाचन प्रचारको क्रममा जनताको चासो सुन्न र आफ्ना कुराहरु सुनाउनको लागि वेभसाइट बनाएर तीनै जना उम्मेद्वारहरुको सम्पुर्ण जानकारी राखिएको प्रतिनिधिसभा सदस्यका उम्मेद्वार मेन्याङ्बोले बताए । उक्त वेभसाइटमा उम्मेद्वाहरुको संकल्प पत्रहरु, भिडियो र समाचारहरु उपलब्ध हुनेछ भने त्यहाँ उम्मेद्वाहरुलाई जिज्ञासा राख्न र सुझाव दिन पनि सकिने छ ।







सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।