Thursday, April 16, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

को हुन सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार मुकेश ? एक परिचय

तीक्ष्ण बुद्धि , क्षमतावान, अविचलित र अविश्रान्त राजनीतिक योद्धा मुकेश

हंगामा खबर by हंगामा खबर
२०७९ कार्तिक २६ गते ०७:५६ बजे प्रकाशित
in Uncategorized
0
को हुन सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार  मुकेश ? एक परिचय
84
SHARES
Share on FacebookShare on Twitter

सानै उमेरदेखि सङ्घर्षशील स्वभाव भएका मुक्सामहाङ मेन्याङ्बो (मुकेश) को जन्म २०३९ साल बैशाख १ गते ताप्लेजुङ जिल्लाको साविक थेचम्बु– ८, ओख्रे (हाल याङ्वरक गाउँपालिका–१) मा भएको हो । बुबा रणबहादुर मेन्याङ्बो र आमा शिवकुमारी लिम्बूको कोखबाट जन्मिएका मुकेश चार दाजुभाइमध्ये माइलो हुन् । शिक्षण पेसामा रहेका बुबा वामपन्थी विचारधाराका भएका कारण आपूmमा सानै उमेरमा राजनीतिक चेत विकास भएको उनी बताउँछन् । बुबाकै प्रेरणाबाट राजनीतिमा लागेको बताउने उनी थेचम्बु माविमा अध्ययनरत् रहँदा ०५५ सालमा अनेरास्ववियु (क्रान्तिकारी) को विद्यालय इकाइ कमिटीमा आबद्ध भए । ०५७ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनी पूर्ण रूपमा भूमिगत भए । तत्कालीन नेकपा (माओवादी)ले ०५२ साल फागुन १ गते सुरु गरेको जनयुद्धको प्रभाव त्यस बेला पूर्वी पहाडका गाउँ–गाउँसम्म पुगिसकेको थियो । भूमिगत जीवन थाल्दै उनी मुलुकमा २३८ वर्षे निरङ्कुश राजतन्त्रलाई फालेर लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न माओवादीले थालेको जनयुद्धमा पूर्ण रूपमा होमिए । गाउँ–गाउँमा पर्चा, पम्प्लेट र पोस्टर वितरण गर्न तथा भित्तामा राजतन्त्रविरोधी नाराहरू लेख्दै हिँड्न थाले । उनको यो सङ्घर्ष र कार्यक्षमतालाई हेरेर पार्टीले उनलाई सबएरिया सेक्रेटरी हुँदै जिल्ला इन्चार्जको जिम्मेवारी दिएको थियो । त्यसपछि त झन् आपूmमा जिम्मेवारीबोधसँगै ऊर्जा थपिएको उनी बताउँछन् । उनको तीक्ष्ण बुद्धि र क्षमताको मूल्याङ्कन गर्दै त्यसको केही समयपछि उनलाई पार्टीले ताप्लेजुङ जिल्ला मिलिसिया कमान्डरको जिम्मेवारी दिएको थियो ।


०६१ सालमा सुनसरी यात्रा
जनयुद्ध उत्कर्षतर्पm लम्कँदै गर्दा पार्टीले राज्यविरुद्ध ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ नीति लियो । त्यही नीतिबमोजिम शहरकेन्द्रित योजनाअनुसार २०६१ सालतिर पार्टीले उनलाई सुनसरी इन्चार्ज बनाएर पठायो । त्यस बेलादेखि नै धरान–१५ को स्थायी बासिन्दा भए पनि मुकेशले आप्mनै घरमा ढुक्कले बस्न भने पाएनन् । सुनसरी जिल्लाका विभिन्न स्थानमा सेल्टर फेरी–फेरी भूमिगत रूपमा उनी पार्टीका काममा खटिरहे । त्यस बेला तत्कालीन शाही नेपाली सेनाले थाहा पाएको भए जहाँ भेट्यो, त्यहीँ हत्या गर्न सक्ने अवस्था थियो ।
फौजी आक्रमणमा सहभागिता
फार खोला हात्तीखर्क सुरक्षाफौजलाई केन्द्रित गरेर मुकेशकै कमान्डमा एम्बुस थापिएको थियो । त्यसबाट सुरक्षाफौजतर्पm हताहत भए पनि माओवादीतर्पm भने कुनै क्षति भएको थिएन । त्यस्तै, ०६० सालमा ताप्लेजुङको साङलुक्पाको एउटा होटलमा खाजा खाइरहेको अवस्थामा आपूmसहित तीनजना साथीहरू सेनाको घेरामा परेको कहालीलाग्दो घटना उनले सुनाए । त्यस बेला सेनाको घेरा तोडेर भाग्ने क्रममा लडेर उनी घाइतेसमेत भएका थिए । ०६१ सालमा धरानको वडा प्रहरी कार्यालयमा उनकै कमान्डमा आक्रमण गरिएको थियो । ढाडमा टेकेर टाउकोमा हान्ने शहरकेन्द्रित रणनीतिअनुसार उनको कमान्डमा भएको यो पहिलो फौजी आक्रमण थियो ।
२०६२÷०६३ को जनआन्दोलनपछि पनि उनलाई पार्टीले जिल्ला इन्चार्जको जिम्मेवारी दिएको थियो । पार्टी शान्ति प्रक्रियामा आएपछि किरात मोर्चाको महासचिव भएका मुकेश पार्टीका केन्द्रीय सदस्य हुँदै ०६९ सालमै पोलिटब्यूरो सदस्य सम्म भए ।


२०७० मा संविधानसभा सदस्य उम्मेदवार
नयाँ संविधान बनाउने उद्देश्यका साथ २०७० साल मङ्सिर ४ गते भएको दोस्रो संविधानसभा निर्वाचनमा मुकेशले सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए । त्यस बेला पनि उनले जनताका घरदैलोमा पुगी यस क्षेत्रका समस्याहरूलाई राम्रोसँग बुभ्mने अवसर पाएका थिए । त्यस बेला सुनसरी–१ बाट एमालेका कृष्णकुमार राई विजयी हुँदा मुकेशले भने १० हजार मत प्राप्त गरेका थिए ।
सुनसरी–१ को विकासमा खेलेको भूमिका
२०५५ सालदेखि अविचलित र अविश्रान्त रूपमा राजनीतिमा सक्रिय मुकेशले २०७० को निर्वाचनमा हार व्यहोरे पनि सुनसरी–१ को विकास निर्माणमा आप्mनो भूमिका निर्वाह गरिरहे । धरान–१५ मा रहेको भक्तराज कन्दङ्वा स्मृति क्रिकेट मैदान निर्माणका लागि प्रारम्भिक बजेट ल्याउन उनले विशेष पहल गरेका थिए । त्यस्तै, धरान रङ्गशाला निर्माणका लागि सङ्घीय सरकारबाट बजेट ल्याउन पनि उनले विशेष पहल गरे । यसैगरी सेउती, ठकुरी, सर्दू, सेरा, अँधेरीजस्ता खोलामा आउने बाढीको जोखिमबाट बस्तीवासीलाई जोगाउन खोला नियन्त्रणका लागि पाँच करोड रुपैयाँभन्दा बढी बजेट उनकै पहलमा आएको हो । सेउती खोलामा रहेको ‘खत्री धारा दाहसंस्कार स्थल’ निर्माण गर्न पनि बजेटका लागि उनले पहल गरे । यसैगरी चोक्टी–पानबारी सडक निर्माण गर्न उनकै पहलमा ३५ लाख रुपैयाँ बजेट निकासा भएको हो । धरान–६ स्थित ‘सृष्टि बूढीगङ्गा दाहसंस्कार स्थल’ निर्माण गर्न ३५ लाख रुपैयाँ उनकै पहलमा निकासा भएको हो । त्यसैगरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत विष्णुपादुकालाई ‘अदुवा–बेसार जोन’ को रूपमा विकास गर्न पनि उनले विशेष भूमिका खेलेका थिए ।

ADVERTISEMENT

२०७९ को चुनावी यात्रा
यही २०७९ मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक वाम गठबन्धनको साझा उम्मेदवारका रूपमा मुक्सामहाङ मेन्याङ्बो (मुकेश) अहिले चुनावी मैदानमा छन् । उनी नेकपा माओवादी केन्द्रका १ नं. प्रदेश समिति कार्यालयका सदस्यसमेत हुन् । लोकतान्त्रिक वाम गठबन्धनका साझा प्रतिबद्धताहरू यसअघि नै सार्वजनिक भइसकेको छ । त्यसमा धेरै विषयहरू समेटिएका छन् । साझा र युवा उम्मेदवार भएको र २४ वर्षयता निरन्तर रूपमा जनताकै बीचमा रहेर सक्रिय राजनीति गर्दै आएको हुनाले गठबन्धनको तर्पmबाट आप्mनो जित सुनिश्चित भएको मुकेशको विश्वास छ । युवाहरूलाई सिपमूलक तालिम प्रदान गरी क्षमताअनुसारको रोजगारीको व्यवस्था स्वदेशमै गर्ने उनको योजना छ । सवारी साधन र कलकारखानाबाट निस्किने प्रदूषणका कारण कार्बन उत्पादन तीव्र रूपमा बढिरहेको छ । यसले गर्दा मानव स्वास्थ्यमा ठूलो असर गरिरहेको छ । त्यसैले आपूmले जितेको खण्डमा धरानलाई ग्रिनसिटी (कार्बन न्यूट्रल शहर) बनाउन पहल गर्ने उनी बताउँछन् । त्यसैगरी धरानमा सांस्कृतिक पर्यटनको विकास गर्ने योजना पनि उनले बनाएका छन् । धरानमा टड्कारो रूपमा रहेको लागूऔषध दुव्र्यसनको समस्या समाधान गर्न युवालाई रोजगारमूलक तालिमको प्रबन्ध गरी काममा व्यस्त बनाउने योजना पनि उनले सुनाए । त्यसैगरी युवालाई लागूऔषधको कुलतबाट मुक्त बनाउन सचेतना कार्यक्रमलाई योजनाबद्ध रूपमा अघि बढाइने उनले बताए ।


धरानमा बीपी प्रतिष्ठान, हात्तीसार क्याम्पस, इन्जिनियरिङ क्याम्पस, महेन्द्र क्याम्पसलगायत निजी शैक्षिक संस्थाहरू पनि प्रशस्त भएकाले शिक्षाको स्तरोन्नति गरी धरानलाई शिक्षाको ‘हब’ (केन्द्र) बनाउन विशेष पहल गर्ने उनले बताए । खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि स्थानीय सरकारसँग समन्वय गरेर सङ्घीय सरकारसँग विशेष पहल गर्ने उनले बताए । सुनसरी–१ मा रहेका पिण्डेश्वर, दन्तकाली, बूढासुब्बा, पञ्चकन्या, विष्णुपादुका, वराहक्षेत्र, रामधुनीलगायतका धार्मिक, ऐतिहासिक र पौराणिक स्थलहरूलाई विकास गरेर पर्यटनको केन्द्रको रूपमा विकास गरी यस क्षेत्रको आर्थिक उन्नतिमा टेवा पु¥याउने योजना पनि मुकेश सुनाउँछन् । यसका लागि सडक, पुल, खानेपानी, सुविधासम्पन्न होटल जस्ता भौतिक पूर्वाधारको विकास गरिने उनको भनाइ छ ।


यसपटकको निर्वाचनमा सुनसरी क्षेत्र नं. १ का जनताले भारी मत दिएर आपूmलाई जिताएमा यस क्षेत्रमा विकासको मुल फुटाई जनताको सेवा गर्ने चाहना रहेको उनको भनाइ छ । स्पष्ट दृष्टिकोण भएका वैचारिक नेताका रूपमा चिनिने उनी यसपटक आपूmलाई विजयी बनाएर जनताको सेवा गर्ने अवसर प्रदान गर्न आग्रह गर्छन् ।

 

Previous Post

नायक सिमान्त उदास मनोज मेन्याङवोको घरदैलोमा एक्कासी पुगे

Next Post

धरानमा तीन दिने प्रथम वार्षिक विश्व शान्ती दिवस हुने ,

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

याक्थुङ चलचित्रकर्मी संघको अध्यक्षमा पुन मेन्याङ्बो सर्वसम्मत

by हंगामा खबर
२०८२ चैत्र ८ गते ०९:०४ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist