Friday, April 17, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

पाथीभरामा केवलकार निर्माण प्रकृयाले चाडै गति लिनेछ – मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ताप्लेजुङको पाथिभरा जाने केवलकार निर्माण प्रकृयाले चाडै गती लिने बताएकाछन ।

हंगामा खबर by हंगामा खबर
२०८१ माघ २६ गते २२:५१ बजे प्रकाशित
in FEATURE, राजनीति, स्थानीय समाचार
0
पाथीभरामा केवलकार निर्माण  प्रकृयाले चाडै गति लिनेछ – मुख्यमन्त्री कार्की
78
SHARES
Share on FacebookShare on Twitter

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ताप्लेजुङको पाथिभरा जाने केवलकार निर्माण प्रकृयाले चाडै गती लिने बताएकाछन । धरानमा शनिबारबाट सुरु भएको १५ दिने बिजिनेस एक्स्पोलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले दैनिक १० औ हजार भक्तजनहरु पाथिभरा जानेगरी निर्माण सुरु गरिएको पाथिभरा केवलकारको निर्माणले चाडै गती लिने विश्वाश व्यक्त्त गरे । नेपालको सबैभन्दा बलियो क्षेत्र धार्मिक क्षेत्र भएकोले पाथिभरामा दैनिक १० औ हजार पार्यटक र भक्त्तजन जाने गरी बिकास गर्न खोजिरहेको जिकिर गरे । अहिले केवलकार निर्माणमा आएको अवरोधलाई सहमति र सहकार्यमा अगाडी बढ्नको लागी नेपाल सरकारले वार्ता टोली गठन गरेर छलफल अगाडी बढाएको बताए । चाडैनै उपयुक्त्त ढङ्गले सहमती हुने आफ्नो बुझाई रहेको कार्कीले बताए ।


यसैगरी एक अर्को प्रसँगमा मुख्यमन्त्री कार्कीले धरानको खानेपानी समस्या स्टनबाजीले नचल्ने भन्दै धरानको मेयरको कटाक्ष गरे । वाल्यकाल देखी धरानको समस्याको बारेमा आफु जानकार रहेको भन्दै मुख्यमन्त्री कार्कीले सबैभन्दा मुख्य समस्या खानेपानी समस्याको दिर्घकालिन समाधानको लागी केन्द्र सरकार सँग छलफल भैसकेको र धरानबासीले चाडै खुशी को खबर सुन्न पाउने कार्कीले बताए ।

ADVERTISEMENT

आफुले सम्मानानीय प्रधानमन्त्री सँग धरानको खानेपानी समस्यालाई पहिलो प्राथमिकतामा राखेर कुराकानी अगाडी बढाएको बताए । खानेपानीको समस्याको बारेमा वास्तबिक धरातालमा उभिएर पहल गर्ने हो , स्टन गरेर जनतालाई धोका नदिने भन्दै धरानका मेयरलाई बारम्बार कटाक्ष गरे । हामीले सार्थक प्रयासहरु सुरु भएकाले केही बर्षमा नै धरानका जनताको खानेपानी समस्या सधैंको लागी समाधान हुने बताए । प्रदेश सरकार गाग्रो बोकेर हैन दिर्घकालिन योजना बोकेर केन्द्र सरकार सँग पहल भएको बताए ।

नेपाल उद्योग तथा व्यवसायी महासंघ को आयोजनामा आजबाट धरानमा सुरु भएको १५ दिने बिजिनेश एक्स्पो सुरु भएको छ । धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्य सहित विजिनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिए ।

एक्पो अवधिमा समय व्यवस्थापन गर्दै धरानको शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग र सञ्चार क्षेत्रको विकास र सम्भावनाका बारेमा अन्तक्र्रियात्मक डिवेट गरिने समेत गरिने महासंघका अध्यक्ष श्रेष्ठले जानकारी गराए ।१५ दिने एक्सपोमा राजेशपायल राई, सुगम पोख्रेल, मिलन नेवार, तृष्णा गुरुङ लगायतका राष्ट्रिय कलाकारहरु र स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ । लोकबाजाहरुको अर्केष्ट्रा, ब्रिटिश गोर्खा व्रिगेड ब्याण्डको प्रस्तुती र स्थानीय डान्स सेन्टरहरुको प्रस्तुति रहनेछ । आगन्तुकहरुको मनोरन्जनका लागि खेलतामासा, रोटेपिङ, नाउँ तथा बालबालिकाहरुका लागि समेत मनोरन्जनात्मक सामग्रीहरु राखिएको संयोजक टंककुमारी गुरुङले बताइन ।

 

Previous Post

२५ औ बुढासुब्बा गोल्डकपको उपाधी एनआरटीलाई, व्यक्तिगत बिधामा चर्चब्वाइजको बर्चस्व

Next Post

धरानमा सुरु बिजिनेस एक्स्पोको पहिलो दिन दर्शक नभएपछी राजेश पायल स्टेज उक्लेनन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

‘लालीबजार’ को प्राविधिक काम सम्पन्न, अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री गर्ने घोषणा

by हंगामा खबर
२०८२ चैत्र २५ गते १७:०७ बजे प्रकाशित
0

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

‘लाली बजार’ को पहिलो गीत करोड क्लवमा, दोस्रो गीत मिठो संसार सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २२ गते १८:०६ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist