धरानमा शनिबारबाट सुरु भएको बिजिनेश एक्स्पोको पहिलो दिन बेलुकीको साङ्गितिक कार्यक्रममा दर्शक नआएपछी पहिलो दिनको प्रस्तुतीको लागी बोलाइएका गायक राजेश पायल राईले आफ्नो प्रस्तुती दिएनन । कार्यक्रम हेर्न को लागी धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राई (हर्क साम्पाङ) नेपालका वैज्ञानिक डाक्टर महाबिर पुन लगायत व्यक्तित्वहरु एक्स्पोमा पुगेपनी प्रस्तुती नहुने भएपछी निराश हुँदै फर्किएका थिए ।
१५ दिन सम्म संचालन हुने बिजिनेस एक्स्पोको आज पहिलो दिन दर्शकहरुको उपस्थिती नदेखिएपछी गायक राईको आजको प्रस्तुती लाई स्थगित गरिएको आयोजकले जनाएको छ । उहाको प्रस्तुती भोली माघ २७ गते सोमबार प्रस्तुत गरिने आयोजक नेपाल उद्योग तथा व्यवसायी महासंघले जनाएको छ । आज धरानमा सम्पन्न बुढासुब्बा गोल्डकपको पनि फाइनल खेल दर्शक हरुको उल्लेखनिय उपस्थिती रहेको थियो । धराने दर्शकहरु दिनभर फुटबलमा हेर्न थाकेर दर्शकहरु नआएका हुन या धराने दर्शकहरुले राजेश पायललाई रुचाउन छोडेका हुन यो दर्शककै कुरा हो ।
गायक राजेशको प्रस्तुतीमा मात्र हैन आजको औपचारिक उदघाटन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका माननिय मुख्यमन्त्री हिक्मत कुमार कार्की को उपस्थितीमा पनि जनताहरुको उपस्थिती थिएनन । केही एमालेका नेता कार्यकर्ता र स्टलवालाहरु बाहेक अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिती शुन्य जस्तै थियो । आजबाट धरानमा सुरु भएको १५ दिने बिजिनेश एक्स्पो सुरु भएको छ । धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्य सहित विजिनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिए ।
कवर फोटो : सुमीत कार्की