Sunday, March 15, 2026
HangamaKhabar
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

ठेट लिम्बु लवज र अभिनयले भरिएको ‘युक्पुङ’ इटहरीमा पनि रुचाइयो

चलचित्र 'युक्पुङ' (बस्ती) को धरानको पहिलो प्रदर्शन पछी बिहीवार इटहरीमा पनि बिशेष प्रदर्शन गरिएको छ ।

हंगामा खबर by हंगामा खबर
२०८० माघ २६ गते १५:४१ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
ठेट लिम्बु लवज र अभिनयले भरिएको ‘युक्पुङ’ इटहरीमा पनि रुचाइयो
49
SHARES
Share on FacebookShare on Twitter

लिम्बु संस्कृति संगै पुर्वी पहाडमा बस्ने लिम्बु जातीहरुको रहनसहन र जीवन शैलीलाई टपक्क टिपेर निर्माण भएको चलचित्र ‘युक्पुङ’ (बस्ती) को धरानको पहिलो प्रदर्शन पछी बिहीवार इटहरीमा पनि बिशेष प्रदर्शन गरिएको छ । केएमडि अर्गानिक ईन्टरटेन्मेन्ट प्रालीको ब्यानरमा नर कुमारी वानेमले (सेन्दाङ) ले निर्माण गरेको युक्पुङ को इटहरी स्थित इलाइट सिनेमा हलमा रहेको दुई ओटै हल खचाखच भरिएको थियो । जब फिल्म सुरु भयो फिल्मका ४ जना युवा पात्रहरुले दर्शकको ध्यान गज्जबले खिचेका छन । ठ्याक्कै गाउले रहन सहन अनी लिम्बु लवजको बोलिमा एउटै गाउका तीनजना युवा लाठेहरु ढाक्रे र उही दामाले एकजना लाहुरे ढाकर बोकेर लिम्बु लवजमा हस्यौली ठट्यौली गर्दै जब परदेशबाट गाउ फर्किन्छन सबै दर्शकको ध्यान तान्छ यो दृश्यले अनी तालीले हल गुन्जायमान भयो । यस हिसाबमा यी तीन ढाक्रे पात्रहरुले पुरै फिल्म बोकेकाछन भन्दा फरक नपर्ला । गाउघरको यथार्थ जीवनलाई लेखक तथा निर्देशक दिनेश माङमुले पर्दामा गज्जबले उतारेका छन । फिल्मको पटकथाको लेख्ने जिम्मेवारी पाएका बिष्णु मोक्तान र मदन वानेमले गज्जबले लेखेका छन कही कतै अल्छि लाग्दैन ।

गाउ घरका बिधालयमा अहिले पनि बिधमान रहेको राजनीतिलाई फिल्मले गज्जबले प्रस्तुत गरेकोछ । एउटा साधारण सौचालय सम्म नभएको गाउको एक बिधालयको सुधार गर्न लागिपरेका धरानबाट गएका शिक्षक फिल्मका मुख्य कलाकार कुसल थलङलाई स्थानिय बिधालयको हेडमास्टरले अनेक जालझेल गरेर बिधालयबाट सरुवा गरिदिदा स्थानिय बालबालिकाको सुधारोन्मुख पढाई बिचैमा ब्रेक लाग्दा सबै दर्शकको मन खिन्न हुन्छ । अहिले को आधुनिक जमानामा प्राय सबै सँग मोबाइल हुन्छ तर फिल्ममा उ बेलाको चिठठी पत्रको महत्वलाई पनि प्रस्तुत गरिएको छ । फिल्मकी मुख्य कलाकार हाङमती र कुसल सरको व्यक्त्त गर्न नसकिएको प्रेम कागजको पानामा सिमीत हुँदा आउने पिडा बोध फिल्म हेर्ने दर्शकले पनि मजाले गर्न सक्छन आँखा रसाइदिन्छ ।

ADVERTISEMENT

बालकलाकारहरुको अभिनय गज्जब छ । पुर्वी पहाडका लिम्बुहरुको रहन सहन र संस्कृतिलाई फिल्मले मुख्य रुपमा प्रस्तुत गरेकोछ । फिल्म हेर्ने अधिकांस दर्शकहरुले मेकिङ वाइज देखिलिएर कथा अनी कलाकारको अभिनय राम्रो भएको बताए । याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नबिन मेन्याङ्बोले युक्पुङ चलचित्रले आफ्नो मन जितेको बताए । नेपालीहरुको बास्तविक पहिचान सहितको चलचित्र खोजिरहेको बेला युक्पुङले त्यो पुरा गर्न खोजेको दावी मेन्याङ्वोको थियो । अन्य लिम्बु फिल्महरुको दाजोमा युक्पुङको टेक्निकल पाटो निकै बलियो भएको र कलाकारहरुको अभिनय र वास्तविक लिम्बुहरुको लवज प्रस्तुतीलरम बलियो रहेको र गज्जब बनेको बताए ।


धरान र इटहरी पछी देशैभरका अन्य सिनेमा घरहरुमा पनि युक्पुङको प्रदर्शन हुने निर्माण टिमले जानकारी दिएको छ । युक्पुङ पूर्वका रमणिय स्थलहरु तेह्रथुमको साभ्ला ,चोत्लुङ पार्क , धनकुटा र बसन्तपुरमा छायांकन गरिएको छ । नरकुमारी वनेम, दिलु पाङ्मा लिम्बू र इन्दु लावतीको संयुक्त निर्माण रहको यस चलचित्रको सहनिर्मातामा तेज आङ्बुहाङ, पूष्पा वनेम, हिमाल लेछर्बो, ममता यक्सो र सुमन नेम्वाङ रहेका छन् । चलचित्रमा चलचित्रमा कमला सेन्दाङ, कुशल थलङ, कविता आले, यासेली योङ्हाङ, सागर केरुङ, हिमाल लेछर्बो, मिराक लिम्बूल, प्रेम ओझा, नुनाम केरुङ, कुमार ढकाल, डिबि थेगिम, मदन वनेम, सुलभ नेम्बाङ, टिआर सेनेहाङगायतले अभिनय गरेका छन् ।

Previous Post

पोस्टर रिलिज संगै चर्चा पाएको ‘सतिदेवी’ ले रिलिज अगावै दुई अवार्ड जित्यो

Next Post

डिपो कलेज खेलकुद उत्सव सम्पन्न, म्यानेजमेन्ट टिम उत्सव च्याम्पियन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको  बबाल  नृत्य

चलचित्र ‘लालीबजार’ को पहिलो गीतमा स्वस्तिमा र समाइराको बबाल नृत्य

by हंगामा खबर
२०८२ फाल्गुन २९ गते १९:०९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक,  पारिवारीक कलह मुख्य विषय

चलचित्र ‘परालको आगो’ टिजर सार्वजनिक, पारिवारीक कलह मुख्य विषय

by हंगामा खबर
२०८२ फाल्गुन २५ गते १७:५५ बजे प्रकाशित
0

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

सुनसरी निर्वाचन क्षेत्र नं १ बाट हर्क राज राई ३५७४१ मत पाउदै विजयी

by हंगामा खबर
२०८२ फाल्गुन २४ गते १७:१० बजे प्रकाशित
0

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

निर्वाचन आउन ४ दिन बाँकी हुँदा मनोजले युवाहरुलाई किन पत्र पठाए ? के छ पत्रमा

by हंगामा खबर
२०८२ फाल्गुन १७ गते १०:०८ बजे प्रकाशित
0

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

भूगोल र मन जोड्न नेपाली कम्युनिस्ट पार्टीको पैदल यात्रा सुरु

by हंगामा खबर
२०८२ फाल्गुन १३ गते १९:१८ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist