भारतमा जारी साफ च्याम्पियनसिप फुटबलमा भारतसँग पराजित नेपाल समूह चरणबाटै बाहिरिएकोछ । बेङ्ग्लोरमा हिजो भएको खेलमा नेपाल भारतसँग २–० गोलले पराजित भयो ।जितसँगै समूह ‘ए’ बाट भारत सेमिफाइनलमा पुगेको छ भने नेपाल बाहिरिएको छ । नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ गोलले पराजित भएको थियो । आफ्नो अन्तिम खेलमा नेपालले पर्सि मङ्गलवार पाकिस्तानसँग खेल्नेछ ।