चितवनको नारायणगढबाट वीरगञ्ज पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ् भने १५ जना घाइते भएकाछन । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेकोछ । मृतकमध्ये नौजना पुरुष र पाँचजना महिला छन् । बस मोडमा अनियन्त्रित भएर सडकबाट करिब २० मिटर तल खोलामा खसेर पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो ।