भरत शाह फिल्मसद्वारा निर्माण गरिएका म्युजिक भिडियो मार्फत मैथिली गीत संगीत क्षेत्रमा योगदान पुर्याएका गायक, गायिका, मोडल, गीत रचनाकार, संगीतकार तथा मैथली समाजका विशिष्ट व्यक्तिहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिएको छ । अंग्रेजी नया बर्ष सन २०२३ को अवसर पारेर धनुषाको ढल्केबरको कोमल होटलमा आयोजित दोस्रो भरत साह फ्लिमस अवार्ड कार्यक्रमगरी अवार्ड तथा सम्मान प्रदान गरिएको हो ।

कार्यक्रमलाई नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खडका तथा नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान ले संयुक्त रुपमा कार्यक्रमको उदघाटन गरेका थिए । उदघाट्न पछी कार्यक्रममा बोल्दै नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान ले गीत संगीतको बजार सानो भएपनी यस्ता मैथीली गीत संगीतको छुट्टै महत्व रहेको र यस्ता गीत संगीतले हाम्रो सांस्कृति कुराहरु झल्काएको बताए । कार्यक्रमका अर्का अतिथी नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खडकाले अवार्ड प्राप्त गर्ने र सम्मानितहुने संगीतकर्मीहरुलाई बधाई दिएका थिए । उनले आफ्नो मातृभाषामा बनेका यस्ता थुप्रै गीत संगीतले बजारमा राम्रो असर् छोडेको बताए ।

कार्यक्रममा मैथिली गीत बिजुरिया कहाँ गिराईबुबाट गायक अजय अनुरागी, गायिका अनु चौधरी, संगीतकार आर्य शर्मा , कोरियो ग्राफर सुरेश पाण्डे मोडल भरत शाह र बिशाखा तिम्सिना , यसैगरी दिल के एना गे गीतबाट कोरियोग्राफर प्रदिप रसाईली , गायक आर के थारु , रुपैया देबे पाच गे गीतबाट गायक सरोज संत , चलु न सजनी प्यार करब गित बाट रचनाकार संतोष झाले अवार्ड प्राप्त गरेका थिए । यसैगरी मैथिली चलचित्र क्षेत्रमा योगदान पुर्याएका निर्माता, निर्देशक, नायक, नायिका संतोष सरकार, राजेश गुप्ता, बद्री शाह, राजेश चौधरी, आलम खान, मुन्ना झा, काजल कर्ण, पुजा पासवान, निभा साह लगायतलाई भने सम्मान पत्रका साथ समान गरिएको थियो । उक्त कार्यक्रममा मैथली क्षेत्रका नायक, नायिका, गायक, गायिकाहरुले नृत्य तथा गीतद्वारा मनोरंजन प्रदान गर्नु भएको थियो ।
अवार्ड कार्यक्रम मैथिली क्षेत्रकी चर्चित नायिका पुजा जनकपुरवाली ले संचालन गरेकी थिइन ।







सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।