Saturday, April 1, 2023
HangamaKhabar
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

कोशी अस्पतालको अनाधिकृत संरचनामा महानगरको डोजर

प्रदेश राजधानीसमेत रहेको विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन महानगरले अभियान सुरु

हंगामा खबर by हंगामा खबर
२०७९ पुस २१ गते १९:५१ बजे प्रकाशित
in Uncategorized, समाचार
0
कोशी अस्पतालको अनाधिकृत संरचनामा महानगरको डोजर
33
SHARES
Share on FacebookShare on Twitter

विराटनगर महानगरपालिकाले कोशी अस्पताल अगाडि निर्माण गरिएका अनाधिकृत संरचना डोजर चलाएको छ । नक्सा पास नगरी बनाएका अनाधिकृत संरचना हटाउने बिहीबारबाट अभियान सुरु गरेको छ । नक्सा पास गर्न आउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि मेयर नागेश कोइरालाको निर्देशनमा महानगर प्रहरीले डोजर लगाएर अनाधिकृत संरचना हटाएको हो । कोशी अस्पतालले सटरको नक्सा पास नगरेकाे साथै महानगरलाई बहाल करसमेत अस्पतालले बुझाएको जनाएकाे छ । विराटनगरलाई यथास्थितिमा राख्न नदिने मेयर कोइरालाको प्रतिबद्धतालाई कार्यान्वयनका लागि आफूहरूले योजनाबद्ध रुपमा काम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिनुभयाे  । “विराटनगरलाई सफा, सुन्दर व्यवस्थित र विकसित बनाउने मेयर सा’बको योजनालाई हामी कर्मचारीको तहबाट कार्यान्वयन गरिरहेका छौं,” कोइरालाले भने, “महानगरको अभियानमा सबैतिरबाट अत्यन्तै राम्रो साथ र सहयोग पाएका छौं ।” उनले महानगर क्षेत्रभित्र निर्माण गरिएका संरचनाको ६० प्रतिशतले नक्सा पास नगरेको बताए । त्यस्तै ३० प्रतिशतले माथिल्लो तलाको नक्सा पास नगरेको तथ्यांक आफूहरूसित रहेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिनुभयाे  ।
अभियानमा सहभागी महानगरका प्रवक्ता सन्तोष न्यौपानेले सूचना दिएर नियमविपरीत निर्माण गरिएका संरचना हटाइएको प्रस्ट्याए । उनले महानगरवासीबाट अत्यन्तै सकारात्मक सहयोग र प्रतिक्रिया प्राप्त भइरहेको उल्लेख गरे । महानगरले अस्पतालको प्रवेशद्वारमा रहेका वर–पीपल र अन्य रुखको हाँगासमेत हटाएको छ । भाँचिएर मानवीय क्षति हुने जोखिमलाई ध्यानमा राखेर रुखका हाँगा हटाइएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताए । उनले महानगरले २ पटक पत्र काटेर नक्सा पास गर्न र बहाल कर तिर्न आउन आग्रह गर्दा पनि अस्पताल प्रशासनले बेवास्ता गरेपछि डोजर चलाउनु परेको दाबी गरे ।
सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानप्रति स्थानीयले समेत सकारात्मक प्रतिक्रिया दिएका छन् । महानगरले सुरु गरेको अभियानलाई सबै वडामा पु¥याउनुपर्नेमा जोड दिएका हुन् । स्थानीय युवा मोहम्मद रसिस खानले एउटा वडालाई मात्रै राम्रो बनाउन नभएर १९ वटै वडालाई राम्रो र व्यवस्थित बनाउन अभियान चलाउन महानगरलाई सुझाव दिए । “महानगरको यो अभियान अत्यन्तै राम्रो छ । तर यो अभियानलाई १९ वटै वडामा पु¥याउनुपर्छ,” खानले भने, “सबैतिर समान किसिमबाट काम भयो भने अभियानमा महानगरवासीको साथ रहन्छ ।” प्रदेश राजधानीसमेत रहेको विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउन महानगरले अभियान सुरु गरेको जनाएकाे छ ।

Previous Post

भरत शाह फिल्मसद्वारा दर्जनौ कलाकारकर्मी सम्मानित

Next Post

धरानमा पहिलो अखिल फुटवल रनिङ्ग कप २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

by हंगामा खबर
२०७९ चैत्र १७ गते १९:३८ बजे प्रकाशित
0

चलचित्र “चित्रा” को निर्माण घोसणा

चलचित्र “चित्रा” को निर्माण घोसणा

by हंगामा खबर
२०७९ चैत्र १७ गते १८:४१ बजे प्रकाशित
0

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

by हंगामा खबर
२०७९ चैत्र १७ गते ०९:१७ बजे प्रकाशित
0

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

by हंगामा खबर
२०७९ चैत्र १५ गते १७:५१ बजे प्रकाशित
0

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

by हंगामा खबर
२०७९ चैत्र १४ गते १८:३१ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist