खोटाङको हुर्लुङतर्फबाट दिक्तेल जाँदै गरेको को १ ज ३०२७ नम्बरको खाली सुमो पल्टिदा चालक सुनसरी तरहरा ठेगाना भएका २६ बर्षीय रामकुमार खनाल गम्भीर घाइते भएका छन ।मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–हुर्लुङ सडक खण्डको दिखुवाखोलामा सोमबार सुमो पल्टिँदा चालकको देब्रे खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । सुमो सडकबाट करिब ५० मिटर तल खसेको थियो । घाइतेलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारुङले बताए ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।