कोशी भिजन फिल्मस इटहरीको प्रस्तुती रहेको ऐतिहासिक तामाङ थाकथलो ‘किपट’ को कथामा निर्माण भएको चलचित्र ‘अभियान’ को बिशेष शो धरानमा हुने भएकोछ । यसअघी भदौको १८ गते इटहरी , भदौको २५ गते तरहरा र असोज १० गते काठमाडौको जमलमा सफलताका साथ बिशेष शो भईसकेकोछ । धरानमा भने यही मङ्सिर १७ गते शनिबार दिउसो १ बजे गणेश टाकिजमा प्रदर्शन गरिने फिल्मका लेखक तथा निर्देशक लाखमान योन्जनले जानकारी दिए । बिशेष प्रदर्शनीको लागी स्थानियमा नेपाल तमाङ घेदुङ संघ धरान स्थानिय संयोजक रहेको छ । संघले धरानमा रहेका बिशेष तामाङ जातीहरुको बिचमा चलचित्र शो गर्ने योजन बनाए अनुसार प्रदर्शन गर्न लागिएको निर्देशक योन्जनले जानकारी दिए ।

‘अभियान’ चलचित्रमा तामाङहरुको पहिचान सहितको संघीयताको मुद्दालाई जोडदार उठ्ठान गरेको पाइएको छ
बहुसंख्यक तामाङहरु बसोबास गर्ने भुभाग ताम्सालिङ स्वायत्त प्रदेश बनाउन माग, तामाङ संस्कृति र संस्कारलाई जगेर्ना , संरक्षण गर्नुपर्ने मुख्य सन्देश दिन खोजिएको छ। साथै विशेष गरी तामाङहरु अन्तिम तामाङ राजा ह्रेन्जेन दोर्जेको इतिहास,गाई मारेको जुठो मुद्दामा जेल बस्नुपर्ने तामाङहरुको बाध्यता देखि तामाङ संस्कारमा गर्ने विवाह विधि सम्मलाई चलचित्रले उठान गरेको छ।

‘अभियान’ मा स्व वरिष्ठ अभिनेता जयनन्द लामा, दावा फिन्जो तामाङ, अमर पाख्रिन, नायिका श्याम माया तामाङ, रश्मिला वाइबा तामाङ, दिनेश कोइराला, रितेश जंग खत्री , मदन राई, सम्भु योन्जन तामाङ, गजम घिसिङ, कमल राई, मेनुका राई, कुमारी लिम्बू, कृष्ण काफ्ले, सन्तोष राई, नुनु बोम्जन तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा २ ओटा गीत समावेश गरिएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।